मतदातालाई धन्यवाद दिन विजयी उमेद्वार गाउँ पसे

Gandaki Kotihome

बेनी । म्याग्दीबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् ।

मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएका थिए । बिहिबार बेनीमा संयुक्त विजय ¥याली र सभा गरेर मतदातालाई धन्यवाद दिएका उनिहरु शुक्रबारदेखि गाउँ पसेका छन् ।

प्रतिनिधिसभा सदस्यमा विजयी नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले कात्तिक १८ गते बेनी नगरपालिका ९ गलेश्वरको मन्दिर दर्शन गरेर चुनावी सभा शुरु गर्नुभएको थियो । चुनाव जितेपछि गर्बुजा शुक्रबार आफ्ना सहयोगी र नेताहरुसहित गलेश्वर मन्दिर जानुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

प्रदेशसभा क्षेत्र (१) मा निर्वाचित माओवादी केन्द्रका हरिबहादुर भण्डारीले आफ्नो जन्मथलो रघुगंगा गाउँपालिका–२ भगवतिमा पुगेर मतदातालाई धन्यवाद दिनुभयो । भण्डारी चुनावमा निकटतम प्रतिस्पर्धी रहनुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष रहनुभएका देबेन्द्रबहादुर कटुवालको घरमा पुगेर कटुवालकी आमाको आर्शिवाद लिनुभएको थियो ।

चुनावी प्रतिस्पर्धा गर्नुभएका भण्डारी भान्जा र कटुवाल मामा हुनुहुन्छ । भण्डारीकी हजुरआमा र कटुवालकी आमा दुई बहिनी हुनुुहुन्छ । हजुरआमाले भण्डारीलाई बधाई र आर्शिवाद दिनुभएको थियो । बेनी रहनुभएका कटुवाललाई भण्डारीले घरमा पुगेपछि फोन गर्नुभएको थियो ।

कटुवालले भण्डारीलाई बधाई दिदै हरेक सकारात्मक काममा साथ र सहयोग रहने बताउनुभयो । चुनावी प्रतिस्पर्धालाई स्वभाविक प्रक्रीयाका रुपमा लिएर सबैसँग समन्वय र सहकार्य गर्ने तथा त्यसमा साथ दिन कटुवाललाई भण्डारीले आग्रह गर्नुभयो ।

भगवतिको मैदानमा आयोजित चुनावी सभामा प्रदेशसभा सदस्य भण्डारी, नेपाली काँग्रेसका नेता तथा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, माओवादी केन्द्रका नेता रिम कटुवालले भगवतिको विकास निर्माणका साथै गुठी सम्बन्धी समस्या समाधानमा तिनै तहको सरकार र संसदबाट पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम बहादुर (जुग्जाली) सुविनलाई शुक्रबार उहाँको जन्मगाउँ मालिका गाउँपालिका–७ बिममा स्वागत, सम्मान र बधाई ज्ञापन गरिएको थियो । सो क्रममा नवनिर्वाचित सांसद जुग्जालीले मतदातालाई धन्यवाद दिदै जनताको विश्वास कायम र अपेक्षा पुरा गर्ने बताउनुभयो । नेपाली काँग्रेसका प्रदेश (ख) सभापति टंकप्रसाद पुनले गठबन्धनप्रति म्याग्देली जनताले गरेको विश्वासलाई मर्न नदिने प्रतिवद्धता जनाउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...