ओखरबोट र देविस्थानमा गठबन्धनको चुनावी सभा

Gandaki Kotihome

म संसदको सुविधा र सेवाका लागि उमेद्वार भएको होइन–खम्बिर
‘हातमा डाडुपन्यु हुँदा त केही गर्न नसक्नेको भ्रममा नपर्नुहोस् ?– जुग्जाली

बेनी, । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उमेद्वार तथा नेताहरुले शनिबार मालिका गाउँपालिका–४ च्युरीबोट र ५ देविस्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले भत्ता खानका लागि मात्र संसद हुन उमेद्वार नभएको बताएका छन् ।

Shreekrishna hardwear in news

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार रहेका नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले पाँच वर्षलाई भत्ता खान र संसदको सुविधा लिनका लागि मात्र पटक पटक उमेद्वार नबनेको बताउनुभयो ।

“म सुख र सुविधा भोगी हुन्थ्ये भने दुई पटक चुनाव हार्दा पनि वेलायतको सेवा र सुविधा छाडेर म्याग्देलीको सुख दुखमा भुल्थेर ?” गर्बुजाले प्रश्न गर्नुभयो “म भाषणले होइन काममा विश्वास गर्छु । म्याग्दीमा केही परिवर्तन ल्याउन जनतामाझ आएको हो ।”

गर्बुजाले ओखरबोटको तामाखानी सञ्चालनमा पहल गर्ने, देविस्थान जोड्ने सडक स्तरोन्नति गर्ने, दरवाङ–तमानखोला सडक स्तरोन्नति गर्ने, खानेपानी, विद्युतीकरणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Notice about ban dadalo

प्रदेससभा क्षेत्र (ख)का गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीको विकास नहुनुको जिम्मेवारी २०४८ पछिका दुई वटा बाहेक अहिलेसम्मका सबै संसदीय निर्वाचन जितेको एमालेले लिनुपर्ने बताउनुभयो ।

“२६ किलोमिटर बेनी–दरवाङ सडक खन्न थालेको २६ वर्षमा पनि कालोपत्र भएको छैन, यहाँबाट जितेर गएका दुई जना सांसद मन्त्री पनि हुनुभयो,” उहाँले भन्नुभयो “बजेट बाँडफाड गर्ने डाडुपन्युनै हातमा हुने मन्त्री पद पाउँदा उहाँहरुले म्याग्दीको विकासमा दुरगामी महत्व राख्ने के काम गर्नुभयो ? मन्त्री हुँदा त गर्न नसक्नेले अब यसो र उसो गर्छौ भनेर देखाएको सपना र भ्रममा पर्नुभयो भने फेरी पनि म्याग्दी पछि पर्ने र जनताले दुख पाउनु सिवाय केही हुदैन ।”

जुग्जालीले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आयआर्जनको अवसर गठबन्धनको प्राथमिकता भएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहनुभएका नेकपा माओवादी केन्द्रका समानुपातिक उमेद्वार डा. मिनबहादुर श्रेष्ठले गठबन्धनको देशब्यापी छाएको लहरका कारण अब बन्ने सरकार गठबन्धनकै हुने देखिएको र गठबन्धनका उमेद्वारले जित्दा विकास योजना भित्र्याएर कार्यान्वयन गर्न सहज हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले संविधानको रक्षा, स्थिरता र सम्बृद्धीका लागि बनेको गठबन्धन सरकार बन्दा गरिएको प्रतिवद्धता अनुसार नेपालीहरुलाई कोरोना विरुद्धको खोपको ब्यवस्था गरेको, केपी ओलीले चुच्चे नक्साको भ्रम छरेपनि पुस्तकमा प्रकाशन गर्न रोकेको, आफ्नै बहुमतको संसदलाई संविधान विपरित दुई पटकसम्म विघटन गरेर जनमतको अपमान गरेको, माओवादीले नेपाललाई लोडसेडिङबाट मुक्त गरी वर्तमान सरकारले विदेशी बजारमा बिजुली बेच्न थालेको बताउनुभयो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा मालिका गाउँपालिकाका पुर्व अध्यक्ष श्रीप्रसाद रोकाले मालिकामा आफ्नो कार्यकालमा शुरु भएका विकास आयोजनालाई पूर्णता दिन र आवश्यक थप योजना भित्र्याएर कार्यान्वयन गराउन गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

नेपाली काँग्रेसका प्रदेशसभामा समानुपातिक उमेद्वार विमला गौचन, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्की लगायतले शान्ति र संविधान ल्याएका नेताहरुले संविधानमा भएका व्यवस्था र नागरिकको अधिकारलाई कार्यान्वयन गर्न सहकार्य गर्नुपरेको बताउनुभयो । स्थानीय नेताहरुले गठबन्धनबाट आफूहरु उत्साहीत भएर चुनाव प्रचारमा जुटेको र जिताउने विश्वास दिलाएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...