घाइते व्यवसायीलाई मंगला ईकाईको सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बाबियाचौर, । दुर्घटनामा परेर घाइते भएका बाबियाचौरका व्यवसायी सुरेश थापालाई म्याग्दी उद्योग वाणिज्य संघको मंगला ईकाइले आर्थिक सहयोग गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मंगला २ बाबियाचौरको करिना मोटरसाइकल वर्कशपका सञ्चालक थापा कात्रिक १८ गते घरमै लडेर मेरुदण्डको हड्डी भाँचिएको थियो । उहाँ पोखराको मेट्रोसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उपचारमा आर्थिक अभाव भएपछि म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईले बाबियाचौरका बासिन्दा र ब्यापारीहरुबाट रु. ७५ हजार संकलन गरि आफन्त यामबहादुर पुनलाई उपलब्ध गराएको इकाईका अध्यक्ष चक्रलाल पाण्डे (राजु)ले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...