‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ः बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।
चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र समृद्धिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

चुनाबी सभाहरुलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा(खमविर)ले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युतहरुलाई समयमै सम्पन्न गराउने वातावरण तयार गर्दै उज्यालो गाउँपालिकाको रुपमा विकास गर्न रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।
उहाँले अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको र अन्नपूर्ण हिमालको आधार शिविरदेखि, पुनहिल, खोप्रा, खयर, तातोपानी कुण्डहरु र विभिन्न ताल तलैया, झरना र अग्ला डाँडाकाँडाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका क्षेत्रलाई नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बामलोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आह्वान गर्नुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
Shreekrishna


उहाँले दोबा, भुरुङ र दानाबाट धौलागिरि आइसफल पदमार्गमा जोड्नका लागि समेत पर्यटन पूर्वाधार निर्माण गर्न आफुले प्राथमिकता दिने बताउनुभयो । आमसभालाई सम्बोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क)का उम्मेदवार हरि भण्डारीले कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तरगत म्याग्दी खण्डमा सडक कालोपत्रे र पक्की पुल निर्माणमा भएको ढिलासुस्ती हटाउन सहजीकरण गर्ने र अन्नपूर्ण गाउँपालिका भित्रका ग्रामीण सडकहरुको स्तरीय बनाउन आफुले प्राथमिकता दिनेमा जोड दिनुभयो ।
उहाँले सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्थामा सुधार ल्याउँदै कृषि र पशुपालनको व्यावसायिकरण र आधुनिकीकरण तथा पर्यटन विकास मार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने बिषयलाई आफुले एजेण्डा बनाएको बताउनुभयो ।


आमसभाहरुलाई नेपाली काँग्रेसका पूर्वसभापति रेशमबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, काँग्रेसका समानुपातीक उम्मेदवार बिमला गौचन, माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठ, प्रदेशसभाका समानुपातीक उम्मेदवार बागविर पाईजा, एकिकृत समाजवादीका समानुपातीक उम्मेदवार दिलु बुद्धुजा, दुर्गा कार्की, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र (क)का सभापति ओम छन्त्याल, अन्नपूर्ण गाउँपालिकाका सभापति कृष्ण बरुवाल, दानाका वडा सभापति सुरत केसी लगायतले बाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...