‘म्याग्दीलाई विकसित बनाउन गठवन्धनलाई जिताउनुहोस’

Gandaki Kotihome

बेनी, । ४ मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारको टोलीले शुक्रबार बेनी नगरपालिकाको ४ वटा वडामा कोणसभा गरेका छन् ।

घतान, अर्थुङ्गे, पुलाचौर र सिंगामा भएको सभालाई सम्बोधन गर्दै उमेद्वार र नेताहरुले संविधानको रक्षासँगै म्याग्दीलाई विकसित र सम्बृद्ध बनाउन यसपालीको चुनावमा गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।

सभामा कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खमबहादुर गर्बुजा (खम्बिर)ले म्याग्दीको विकासलाई नयाँ ढंगले तिब्रताका साथ अघी बढाउन र नागरिकलाई सम्बृद्ध बनाउन यसपाली गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

Upper Myagdi transmition line notice

‘बेलायतको सेवा सुविधा छाडेर आएको छु । दुई पटक चुनाव हार्दा पनि विचलित भएको छैन,’ उहाँले भन्नुभयो ‘यसपटक म्याग्देलीले मन फेरेर गठबन्धनलाई मत दिनुहोस् । हामी विकास, शुसासन, सम्बृद्धी दिन्छौ । म्याग्दीको विकासलाई नयाँ गतिमा अघि बढाउछौ ।’

प्रदेशसभा क्षेत्र (क)का उमेद्वार माओवादीका युवा नेता हरी भण्डारीले युवा लगायत आम म्याग्देलीका समस्यालाई सम्बोधन गर्ने नीति बनाउने, आधारभूत आवश्यकता परिपुर्ति, सम्भावनालाई व्यवहारमा रुपान्तरण र विकाससँगै राजनीतिक स्थिरताका लागि गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

Annapurna aarohan ko notice

२० वर्षसम्म नभएको विकासको काम गठबन्धनले पाँच वर्षमा गरेर देखाउने उहाँले बताउनुभयो । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले ७० वर्षको संघर्षबाट प्राप्त भएको संविधान र अहिलेको व्यवस्थाको विरुद्ध लागेका ओलीबाट देशलाई बचाएर स्थिरता कायम गर्न गठबन्धन बनेको बताउनुभयो ।

शान्ति प्रक्रीया, संविधान ल्याउन सहकार्य र सहमति गरेका दलहरुको गठबन्धनलाई कसिलो बनाउन र एकले अर्कालाई मतदान गर्न हिचकिचाउन नपर्ने बानियाले बताउनुभयो । माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य गोविन्द पौडेलले गठबन्धनको भोटले चुनाव जित्ने सपना नदेख्न र भ्रम नफैलाउन एमालेलाई चेतावनी दिनुभयो ।

म्याग्दीको विकास निर्माण देखि हरेक क्षेत्रमा एमालेको ज्यादती र विभेदपूर्ण व्यवहार सम्झिएर गठबन्धनका उमेद्वारलाई मतदान गर्न काँग्रेस माओवादीका नेता, कार्यकर्ता र मतदाताहरुलाई आग्रह गर्नुभयो । माओवादीका समानुपातिकमा प्रतिनिधीसभा सदस्यका उमेद्वार तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले देशब्यापी जनलहरबाट अब गठबन्धनको सरकार बन्ने देखिएको र म्याग्दीको विकासका लागि अबको पाँच वर्ष सुनौलो अवसर हुने बताउनुभयो ।

प्रदेशसभा सदस्यकी समानुपातिक उमेद्वार नेपाली काँग्रेसका नेता बिमला गौचनले गठबन्धनका दलहरुले संघर्ष गरेर ल्याएको व्यवस्थाले महिला, दलित, आदिवासी र पिछडिएको लिंग समुदायले अवसर पाएको बताउनुभयो । स्थानीय समस्याहरुको बारेमा जानकारी लिएका उमेद्वार तथा नेताहरुले चुनाव जितेपछि नागरिकको अपेक्षा र आवश्यकता अनुसार सल्लाह गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरी गठबन्धनका प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार रेशम जुग्जाली, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख)का सभापति टंक हमाल, माओवादीका प्रदेश सहसचिव टेकबहादुर बिकको टोलीले मंगला–४ धापुङ र बुेनीमा कार्यकर्ता, मतदाता भेटघाट र घरदैलो गर्नुभएको छ ।

उहाँहरुले गठबन्धन कसिलो बनेसँगै म्याग्दीमा गठबन्धनका उमेद्वारको जित सुनिश्चित भएपछि विपक्षी आत्तिएर हतोत्साही भएर गैरराजनीतिक गतिबिधी तथा जनतामा भ्रम छर्न थालेको भन्दै उनिहरुले फैलाएको भ्रममा नपर्ने र विश्वास गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...