गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

Gandaki Kotihome

बेनी, ११ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् ।

मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उमेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क)मा माओवादीका हरीबहादुर भण्डारीको टोलीले बेनी नगरपालिका¬ २ पाखाथर, गौश्वारा र ९ गलेश्वरमा घरदैलो गरेर भोट माग्नुभएको छ ।

प्रदेशसभा क्षेत्र (ख) मा गठबन्धनबाट उमेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीको टोलीले मालिका गाउँपालिका २ रुममा कार्यकर्ता र मतदाता भेटघाट गर्नुभएको छ । बेनीमा नेपाली उमेद्वार गर्बुजा र भण्डारीको साथमा नेपाली काँग्रेसका नेता नेत्रबहादुर महत, बेनी नगर सभापति रविन्द्र कार्की, माओवादीका बेनी नगर अध्यक्ष सेरबहादुर केसी, नेता दुर्गाराम सुवेदी, नेपाल दलित संघका बालकुमार लामिछाने लगायत सहभागि हुनुभएको थियो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

क्षेत्र खमा जुग्जाली सहित नेपाली काँग्रेसका प्रदेश क्षेत्र सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता अनुप गौचन सहितको टोलीले गठबन्धनमा विश्वास कायम गरी आगामी चुनावमा जित निकाल्ने गरी तयारीमा लाग्न कार्यकर्ताहरुसँग छलफल गर्नुभएको थियो ।

राजनीतिक स्थिरता, संविधानको रक्षा र सम्बृद्धिका लागि शान्ति ल्याउन र संविधान बनाउन सहकार्य गरेका राजनीतिक शक्तिहरु आफ्नो बहुमतको संसद विघटन गरेर जनमतको अपमान गर्ने तथा राजनीतिक अस्थिरता सिर्जना गर्ने केपी ओली प्रवृतिका विरुद्ध बनेको गठबन्धनलाई चुनावमा जिताउन उमेद्वारहरुले आग्रह गरेका छन् ।

“काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको समेत सहभागिता सम्झौता गरेर देशमा शान्ति र संविधान ल्याएको हामीले बिर्सन हुदैन,” काँग्रेस म्याग्दीका सभापति समेत रहेका प्रतिनिधीसभा सदस्यका उमेद्वार गर्बुजाले भन्नुभयो “शान्ति र संविधानलाई कार्यान्वयन गर्दै देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन जनमतको अपमान गर्ने, भ्रष्ट्राचारीको संरक्षक ओलीका विरुद्ध गठबन्धन बनेको हो । गठबन्धन इमान्दारिताका साथ एक अर्कालाई मतदान गरौ । विपक्षले फैलाएको भ्रममा नपर्नुहोला । यसपाली म्याग्दीमा मात्र होइन् देशैभरी गठबन्धनले जित्छ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...