तिहारको अवसरमा मोनाको आयोजनामा युएईमा शुभकामना आदानप्रदान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। युएईमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) युएईले तिहार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मोना युएईका अध्यक्ष सुबास राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मोना अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष इन्जिनियर नन्द गर्वुजाले प्रवासी म्याग्देलीहरुको एकता र सहकार्यले म्याग्दीमा सामूहिक रुपमा सामाजिक सेवा र विकास निर्माणको क्षेत्रमा सहयोग पु¥याउन सम्भव भएकोमा जोड दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा एक आपसमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । सदस्य किरण खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिब काजिमान बुढाथोकी मगरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा रिङमायाँ पुनले थाली नाच प्रस्तुत गर्नुभएको थियो भने थम सुनारले सालैजो गीत र सुबास राम्जाली, प्रदिप सुवेदीको गीत प्रस्तुतीमा यमुना रोका, खिमा रोकाको नृत्य प्रस्तुत गरिएको थियो । उक्त अवसरमा मोना युएईले चिठ्ठा कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा हातेमालो समुह आबुधाबीका अध्यक्ष भोला ढकाल र नेप्लिज सोसियल स्पोर्ट्स ग्रुपका अध्यक्ष जीवन सिग्देल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...