अन्नपूर्ण र मालिकामा एमालेका उम्मेदवारको घरदैलोमा

Gandaki Kotihome

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले आइतबार अन्नपूर्ण र मालिका गाउँपालिकामा मतदाता भेटघाट र घरदैलो गरेका छन् ।

एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार पार्टी जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहित एमालेको टोलीले अन्नपूर्ण–५, शिखको पाउद्वार, स्वाँतलगायत टोल, वस्तीमा घरदैलो गर्नुभएको हो ।

एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले एमाले र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । निवर्तमान सांसद समेत रहनुभएका उहाँले आफ्नो कार्यकालमा जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सडक, पुललगायत विभिन्न क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरी विकास निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले जिल्लामा भएको स्रोतसाधनको परिचालन गरी विकास गर्न तथा स्वदेशमै युवा स्वरोजगारको सिर्जना गरी विदेश पलायनलाई रोक्नका लागि आफ्नो उम्मेदवारी रहेकाले म्याग्देली जनतासँग हातेमालो गरेर अगाडि बढ्ने वातावरण सिर्जना गरिदिन अनुरोध गर्नुभयो ।

प्रदेश सभा (क)का उम्मेदवार क्षत्रीले यसअघि आफू जनप्रतिनिधिको रुपमा जिल्ला समन्वय समिति म्याग्दीको नेतृत्व गर्दा सबै क्षेत्रको विकास निर्माणमा सक्दो योगदान पु¥याएको स्मरण गराउँदै आगामी दिनमा थप विकासमा सहयोगी भूमिका खेल्ने मौका दिन आफू चुनावी मैदानमा आएको हुँदा सहयोग गर्न आग्रह गर्नुभयो ।

एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनबहादुर पूर्जासहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । यसैगरी प्रदेश सभा (ख)मा पनि एमाले उम्मेदवारसहितको एक टोलीले मालिका गाउँपालिका–१, निस्कोट र ५ नम्बर वडा देवीस्थानको विभिन्न टोल, वस्तीमा पुगेर मतदाता भेटघाट तथा घरदैलो अभियान गरेको जनाएको छ । मतदातालाई भेटेर एमाले उम्मेदवार यामबहादुर गर्बुजाले अहिले देश एमालेले लिएको नीतिअनुसार अघि बढेकाले आउँदो निर्वाचनमा एमाले र आफूलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा एमाले म्याग्दीका उपसचिव तथा जनवर्गीय सङ्गठनका संयोजक थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश सभा (ख) निर्वाचन परिचालन कमिटीका संयोजक खरमाया बिटालुसहित स्थानीय नेता, कार्यकताहरु सहभागी छन् । एमाले म्याग्दीको निर्वाचन परिचालन कमिटीमार्फत आसन्न निर्वाचनलक्ष्ािँत कार्यक्रमअनुसार घरदैलो र मतदाता भेटघाट गरिएको जनाइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...