भगवति र पोखरेबगरमा आँखा शिविर सम्पन्न

Gandaki Kotihome

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आँखा उपचार शिविर सम्पन्न भएको छ ।

मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाले आयोजना गरेको शिविरमा ७८५ जना लाभान्वित भएका छन् । नेत्रज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

असोज २९ र ३० गते भगवतिमा भएको शिविरमा ४८४ जना र असोज ३१ गते सोमबार पोखरेबगरमा भएको शिविरमा ३०१ जनाले सेवा लिएका मेनाका सचिव सुवोध बरुवालले जानकारी दिनुभयो । भगवतिको शिविरमा १० र पोखरेबगरको शिविरमा ६ जना मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका छन् ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले निशूल्क रुपमा आँखा परिक्षण, परामर्श, चश्मा र औषधी वितरण गरिएको बताउनुभयो । शल्यक्रिया गर्नुपर्नेलाई पनि उपचारको व्यवस्था मिलाउने मोनाले जनाएको छ । नेत्रज्योती संघ म्याग्दीका नेत्र सहायक दिनेश बानिया नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।

रघुगंगाको बेग, भगवति, पिप्ले, दग्नाम, चिमखोला र अन्नपूर्णको दोवा, भुरुङ्ग–तातोपानी, हिस्तान, घार, शिख, दाना, नारच्याङका वासिन्दाले शिविरमा सेवा पाएका छन् । पोखरेबगरमा सोमबार भएको शिविरमा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, अन्नपूर्ण–६ का वडा अध्यक्ष रामबहादुर खड्का, स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल लगायत जनप्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रवासी म्याग्देलीहरुले आर्थिक स्रोत जुटाएर ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरिएको मोनाका प्रवत्ता श्रेष्ठले बताउनुभयो । रोजगारी, अध्ययन, पेशा, व्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था मोनाले विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रका गतिबिधी गर्दै आएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...