नवौ राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा तेक्वान्दो प्रतियोगिता शुरु

khali

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखि म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका ६ र गेरोगीका १६ गरि २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ् ।

Shreekrishna hardwear in news

बेनीको कालीपुल स्थित कवर्डहलमा शुक्रबार साँझ पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो । उद्घाटन खेलको महिला, पुरुष सिंगल पुम्सेको उपाधी नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताउनुभयो ।

khali

महिलातर्फ ७.१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुदाँ उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिईन् । तेस्रो बनेका प्रदेश १ की शुशिला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन् ।

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंक सहित बिजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंक सहित उपबिजेता बन्नुभयो । ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए ।

पुम्से र गिरोगीतर्फका बाँकी खेल शनिबार सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा अध्यक्ष रमेश श्रेष्ठ, उत्तम कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पुर्व अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अनोद श्रेष्ठ लगायतको उपस्थितिमा खेल सञ्चालन भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...