एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा केसी र गर्बुजाको मनोनयन दर्ता

Gandaki Kotihome

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेका उमेद्वारले मनोनयन दर्ता गरेका छन् ।

(एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजाको मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो । श्रेष्ठ एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस थियो । सिफारिस भएकामध्ये जिल्ला अध्यक्ष कटुवाललाई पार्टीले टिकट दिने निर्णय गरेको हो ।

त्यसैगरि प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्ष तर्फ प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकालाई सिफारिस गरिएको थियो । सिफारिस भएकामध्ये यामबहादुर गर्वुजालाई पार्टीले टिकट दिने निर्णय गरेको छ ।
सत्तागठबन्धनले सिट बाँडफाटका क्रममा म्याग्दीमा प्रतिनिधीसभामा काँग्रेस र प्रदेशका दुवै क्षेत्र माओवादीले लिने सहमति गरेका छन् । काँग्रेसबाट खम्बिर गर्बुजा, माओवादीबाट प्रदेश कमा हरि भण्डारी र खमा रेशम जुग्जाली उमेद्वार चयन हुनुभएको छ ।

गठबन्धनको सिटबाँडफाँडका क्रममा म्याग्दीमा प्रतिनिधीसभाका लागि काँग्रेस र माओवादीले प्रदेशसभामा माओवादीले दावी गरेका थिए । लोसपा गठबन्धनबाट बाहिरिदाँ म्याग्दी माओवादीको भागमा पर्नु गठबन्धनका लागि अप्रत्यासित बनेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...