नवौ राष्ट्रिय खेलकुदका लागि ८० प्रतिशत तयारी

Gandaki Kotihome

बेनी, १७ असोज । म्याग्दीमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको ८० प्रतिशत तयारी पुरा भएको छ ।

असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरिएको जनाएको छ ।

समितिका अध्यक्ष दिनेश केसीले भलिबल सञ्चालन हुने बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबल खेल्ने मैदान र प्याराफिट रंगरोगन गरिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“खेलमैदानको ढुंगा सहितको माटो खनेर फालेर बाहिरबाट माटो ल्याएर हाली रोलरले फेलेर सम्माएका छौ,” उहाँले भन्नुभयो “बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रंग लगाउने काम सकिएको छ ।”

जिल्ला भलिबल संघकोको प्राविधिक सहयोगमा खेलमैदान तयार पारिएको हो । संघका अध्यक्ष तेजेन्द्र बानियाले खेलमैदान तयार पार्ने काम ८० प्रतिशत सकिएको र बाँकी काम दशै पनि गरिने बताउनुभयो । राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने भएपछि म्याग्दीको खेलाडीहरु उत्साहीत भएर तयारीमा लागेको बानियाले बताउनुभयो ।

राखेपले पठाएको रु. पाँच लाख बजेटबाट खुल्ला मञ्चमा खेलमैदान तयार पारिएको हो । तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुलको कवर्डहलमा पंखा, वत्ती जडान, शौचालय, सयनकक्ष मर्मत, रंगरोगन र भवन अगाडी ढलान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो ।

बेनी नगरपालिकाले बिनियोजन गरेको रु. तीन लाख बजेटबाट तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुल कवर्डहलको मर्मत गरिएको हो । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउदैछन् ।

होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रर्दशनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...