एमाले नेताहरु चाडपर्वसँगै चुनावमा केन्द्रीत

Gandaki Kotihome

बेनी,। नेकपा एमाले जनसङ्गठन संयन्त्र समन्वय कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर एमाले म्याग्दीद्वारा पार्टीका नेता तथा जनसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुबीच शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले चाडपर्व मनाउँदै चुनावकेन्द्रीत अभियानमा सहभागी हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले विगतको समयमा जता मतदान गरेको भए पनि मुलुक बनाउने पार्टी एमाले भएकाले यसपटक एमालेको पक्षमा मतदान गर्ने वातावरण बनाउने गरी लाग्नुपर्ने भन्ँदै देशको विकास गर्नका लागि एमालेको विकल्प नभएको बताउनुभयो ।

Annapurna aarohan ko notice

एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देशमा विकासको लहर सिर्जना गर्ने र नेपाली जनताको मुहारमा खुशी ल्याउने पार्टी एमाले भएकाले देश विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्ने बताउनुभयो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीको सर्वसम्मत उम्मेदवार समेत बन्नुभएका नेता श्रेष्ठले म्याग्दीमा आफ्नो र एमालेको जित सुनिश्चित रहेकाले सोहीअनुसार पार्टी पङ्ति सबै खट्नुपर्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice

एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दीमा नेकपा एमालेको विजयलाई कसैले पनि रोक्न नसक्ने भन्दै अहिलेको सत्तारुढ गठबन्धनको तुलनामा एमाले सबैभन्दा लोकप्रिय पार्टी भएकाले एमाले र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीको विशेष उपस्थिति रहेको थियो ।

एमाले जिल्ला उपसचिव एवं जनसङ्गठन संयन्त्र समन्वय कमिटी प्रमुख थमसरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीको जनसङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतले सहभागिता जनाएका थिएभने एकापसमा चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...