बेनी बचतको २१ औ साधारणसभा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना


बेनी,। बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ साधारणसभा मंगलबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाको जेष्ठ सेयर सदस्य अविरकुमार श्रेष्ठ र अंगदकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष रमेश गिरीले आर्थिक वर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन पेश गदै गत वर्ष ९४६ जना सेयर सदस्य रहेकोमा यस वर्ष ७५८ जना थपेर एक हजार ७०४ जना पु¥याएको जानकारी दिनुभयो ।

रु. तीन करोड ७३ लाख २० हजार १०० सेयर पुँजि रहेको सहकारीले गत वर्ष रु. ४३ करोड २६ लाख १० हजार ६०३ निक्षेप संकलन र रु. ४२ करोड ७६ लाख १५ हजार ९९ ऋण लगानी गरेको छ ।

Shreekrishna

रु. एक करोड ४७ लाख ३५ हजार २६६ खुद मुनाफा गरेको सहकारीले विभिन्न शिर्षकमा रु. ३३ लाख २० हजार ७२४ राजस्व तिरेको छ । कोभिड १९ का कारण सिर्जित लकडाउनबाट प्रभावित ऋणि सेयर सदस्यहरुलाई रु. २१ लाख १६ हजार ८११ क्र्जाको ब्याज तथा हर्जना छुट गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सामाजिक उत्तरदायित्व अन्तरगत पौद्ध महिलाहरुले अध्ययन गर्ने उज्यालो वैकल्पिक विद्यालयलाई रु. २५ हजार ५५ सहयोग गरेको सहकारीले ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ ।

राष्ट्रिय सहकारी बैंकको (केयर) र कोपोमिस सफ्टवेयर प्रयोगमा ल्याएको सहकारीले आर्थिक कारोबार र सेवालाई प्रबिधिमैत्री बनाएको छ । साधारणसभाको अवसरमा चन्द्रबहादुर घिमिरेलाई जेष्ठ नागरिक सम्मान, अंगद श्रेष्ठ, अविरकुमार श्रेष्ठ, बेनबहादुर शाही, भेजबहादुर रावल र दलप्रसाद श्रेष्ठलाई बेनी बचत आजीवन साहरा प्रदान गरिएको थियो ।

उत्कृष्ट कारोबार संस्थागत तर्फ स्मल हेभन मन्टेश्वरी, व्यक्तिगत तर्फ बिन्दु श्रेष्ठ र प्रतिक्षा शर्मालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको साधारणसभामा कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...