जलजलामा उत्कृष्ट विद्यालय, विद्यार्थी पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता गरेर संविधान दिवस मनाइयो

Gandaki Ghumau

लामाखेत, ३ असोज । आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।

‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको भूमिका’ विषयक आधारभूत र माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । ११ जना सहभागि मावि तहको प्रतियोगितामा अमृत आदर्श प्याराडाइज आवासीय माविका गरिमा विक प्रथम, जनकल्याण मावि नाग्लीवाङका सुवास आचार्य दृतीय, शालीजा माविका अमृता चोचाङ्गी तृतीय र कृष्ण भवन धर्म माविका आरती आचार्य सान्तवना हुनुभएको छ ।

Shreekrishna

१३ जना आधारभूत तहका विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा शान्ति आधारभूतका ममता सुवेदी प्रथम, सृष्टि सुवेदी दृतीय र विद्धान आचार्य सान्तवना तथा कृष्ण भवन धर्म माविका कविराज आचार्य तृतीय हुनुभएको छ । प्रथम, दितीय, तृतीय र सान्तवनालाई क्रमश नगद रु. चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा २०७८ को कक्षा १२ को परिक्षामा ३.७५ जिपिए ल्याएर पर्वत जिल्ला प्रथम भएका विद्याज्योती मावि मल्लाजका सन्दिप दमाईलाई गाउँपालिकाले नगद रु. १५ हजार सहित सम्मान गरेको छ ।

Gunasthariya Shiksya

२०७८ को माध्यमिक शिक्षा परिक्षा एसइईमा उत्कृट जिपिए ल्याएका अमृत आदर्श प्याराडाइज मावि मल्लाजका माधव खत्री, जनकल्याण माविका नरेश रेग्मी, विद्याज्योती माविका सन्दिप नेपाली, आयुष्मा परियार र ग्रामप्रकाश माविका एलीना सुवेदीलाई पुरस्कृत गरिएको थियो ।

एसईई परिक्षामा राम्रो नतिजा ल्याएका जनकल्याण मावि, विद्याज्योती, ग्रामप्रकाश मावि र अमृत आदर्श प्याराडाइज आवासीय माविका प्रअ तथा प्रिन्सीपलहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको शैक्षिक सुधारका लागि प्राथमिकता दिएको र विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उपाध्यक्ष दिपक आचार्यले गाउँपालिकाका गतिबिधीलाई शिक्षासँग जोड्ने उद्देश्य अनुसार संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

वडा नम्बर ८ का अध्यक्ष तथा कार्यपालिकाको शिक्षा समितिका सदस्य हरिबिकास जिसीले जलजलामा शिक्षा र कृषि क्षेत्रमा १८, १८ प्रतिशत बजेट बिनियोजन भएको बताउनुभो । नेपाल शिक्षक संघका अध्यक्ष हरिनारायण रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नारायण मल्ल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका नारायणदत्त रेग्मीले गाउँपालिकाले शिक्षाको सुधारका लागि ल्याएको योजनामा पेशागत संगठनको तर्फबाट सहयोग रहेको बताउनुभयो ।

जलजला गाउँपालकाका शिक्षा शाखाका अधिकृत त्रिबिक्रम आचार्यको अध्यक्षता र प्राविधिक सहायक देवी रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्याज्योती माविका प्रअ रघुनाथ आचार्य र अमृत आदर्श प्याराडाइज आवासीय विद्यालयका प्रिन्सीपल इन्द्रबहादुर अधिकारीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...