आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम

Gandaki Kotihome

बेनी, । बेनीमा आइतबार आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी बृहत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा बेनीमा ¥याली, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गरेर आत्महत्या रोकथाम दिवस मनाइएको हो ।

Annapurna aarohan ko notice

जिल्ला प्रहरी कार्यालय परिसरदेखि शुरु भएको ¥याली संगमचोक, क्याम्पसचोक, न्युरोड, हुलाकचोक हुदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले आत्महत्या रोकथामका लागि विभिन्न सन्देश लेखिएको प्ले कार्ड बोकेका थिए ।

Upper Myagdi transmition line notice

“नेपाल प्रहरी कार्ययोजना–२०७९” अन्तर्गत आत्महत्या न्यूनिकरण कार्यक्रम अनुरुप देशभर बढ्दो आत्महत्या दरलाई न्यूनिकरण गर्न आम नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रहरी नायव उपरिक्षक तिलक भारतिले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक र विद्यार्थीहरुको सहभागिता थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...