ब्राह्मण समाजमा लिलराम गौतम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। ब्राह्मण समाज नेपाल म्याग्दीको शनिबार बेनीमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी र सहसचिवमा नहकुल ढकाल चयन हुनुभएको छ । सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा, मनोज पौडेल, रेखाकौशल रेग्मी, चिरञ्जीवि आचार्य, निलकण्ठ सुबेदी, चन्द्रमणी सापकोटा, पुष्पा पौडेल घिमिरे, एकराज चापागाई, चिरञ्जीवि शर्मा, गिता रिजाल शर्मा, हरिनारायण सुबेदी चयन हुनुभएको छ ।

गोरखनाथ सुवेदीको संयोजकतवमा बिष्णुप्रसाद आचार्य र भगवान ढुंगाना सदस्य रहेको आर्थिक सल्लाहकार समिति गठन भएको छ । निर्वाचितलाई मुख्य निर्वाचत अधिकृत प्रकाश सुबेदीले सपथग्रहण सहित प्रमाणपत्र वितरण गरिएको थियो । यसैबीच बाह्मण महिला समाजमा रञ्जता सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

Shreekrishna

समितिको उपाध्यक्षमा इश्वरी शर्मा, सचिवमा निर्मला सुबेदी, कोषाध्यक्ष लक्ष्मी शर्मा, सहकोषाध्यक्ष अम्बिका ढुंगाना रहेको निर्वाचन समितिका सदस्य नेत्रराज सुबेदीले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यसमिति सदस्यहरुमा पुष्पा गौतम, चण्डीका पौडेल, शान्ति आचार्य, इन्दिरा शर्मा, सावित्री कुमार उपाध्याय, निशा सुबेदी, मन्दिरा पौडेल, सरस्वती चापागाई, माँया ढुंगाना, सरस्वती चापागाई, मायाँ ढुंगाना, सरिता सुबेदी, पवित्रा कँडेल र समुन्द्र शर्मालाई चयन गरिएको छ ।

अधिवेशनको बह्माण समाजका केन्द्रिय कार्यावाहक अध्यक्ष महेश पराजुलीले धर्म र संस्कार नभएको मानिस अनुशासनहीन हुने बताउनुभयो । उहाँले समाज मार्फत देशैभरी रहेको समितिलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो ।

अधिवेशनमा संविधानसभाका सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बाह्मण समाजका महासचिव ओम शर्मा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष सोमनाथ ढुंगाना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती थियो ।

गिरिराज सुबेदीको अध्यक्षता, लिलाराम गौतमको स्वागत र गोरखनाथ सुबेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष गौतमले ब्राम्हाण समाजको सचिवालय गठन तथा भौतिक संरचना सहित सबै पालिकाका समाजको विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...