म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। बेनी नगरपालिका–१ रत्नेचौरका गणेशबहादुर महत (जित)को सभापतित्वमा म्याग्दीमा रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ ।

पार्टीको प्रारम्भीक भेलाबाट उपसभापतिमा रुद्ध किसान र सचिवमा कल्पना खत्री चयन हुनुभएको छ । सपना खत्री बानियाँ, इश्वर केसी, विदुर सापकोटा, योगेश बोगटी, दिलकुमारी खत्री, निश्चित केसी, सिर्जना भण्डारी केसी, सुरज खड्का, गणेश किसान, दिपक किसान, बेलबहादुर केसी सदस्यम ाचयन भएको पार्टीका सदस्य डा.हरि केसीले जानकारी दिनुभयो ।

पार्टी सभापति बेनपा–१,रत्नेचौरका महत नेपाली सेनाका जागिरे हुदाँहुदै द्धन्द्धकालमा निरन्तर धम्की र विस्थापनमा परेका थिए । त्यस्तै सचिव मंगला गाउँपालिका–१ की खत्री यसअघि कुनै पनि दलमा सक्रीय राजनीति गर्नुभएको थिएन् ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रारम्भीक भेलाबाट चयन समितिले जिल्लामा प्रथम भेला सहितको नयाँ कार्यसमिति चयन, स्थानीय तहमा संगठन विस्तार लगायतका योजना बनाउने बताइएको छ । जिल्ला सचिव खत्रीले जिल्ला भेलालाई सम्बोधन गर्न लामीछाने आउने तयारी गरिएको बताउनुभयो ।

बागलुङ भेलामा आउनुभएका सभापति लामिछानेले रत्नेचौरमा आएका शुभचिन्तक सहित पार्टीको सदस्यता लिने टोलीसँग छलफल र योजना बनाउनुभएको थियो । सबै पालिका र वडाहरुमा संगठन बिस्तार गरि पालिका अधिवेशन गर्ने र पुनः नेतृत्व चयन गरिने पार्टीले जनाएको छ ।

पार्टी नेपाल र स्वतन्त्र विचार समूह बाहेक विभिन्न राजनीतिक दल परित्याग गरी पार्टीमा आवद्ध हुन समेत जिल्लाको संयोजनकर्ता डा. केसीको भनाई छ । लामो समय पत्रकारिता क्षेत्रमा रहेका केन्द्रिय सभापति लामिछानेको स्वच्छ र सक्रियतालाई दलमार्फत देशको नेतृत्वमा पुर्याउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...