म्याग्दीमा कृषि र भेटेरीनरी सम्बन्धी आठ करोडका कार्यक्रम

Gandaki Kotihome

बेनी । चालु आर्थिक वर्ष २०७९÷८० का लागि म्याग्दीमा कृषि र पशुपालन क्षेत्रमा रु. आठ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ ।

म्याग्दी स्थित कृषि ज्ञान र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बिहिबार बेनीमा संयुक्त कार्यक्रम गरेर संघीय र प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट कार्यान्वन हुने योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कृषि ज्ञान केन्द्रलाई चालुतर्फ रु. चौध लाख साठी हजार र पुजिगत तर्फ रु. चार करोड चार लाख ८६ हजार गरि कुल रु. चार करोड १९ लाख ४६ हजार बजेट बिनियोजन भएको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले पुजिँगततर्फ रु. २२ लाख २९ हजार र चालु तर्फ रु. तीन करोड ७५ लाख ७९ हजार बिनियोजन भएको जानकारी दिनुभयो । बजेटको ठूलो हिस्सा कृषि फार्म, समूह, सहकारीहरुलाई तरकारी, फुलफुल खेती विस्तार, साना सिचाई, पशुपंक्षी फार्म स्थापना, विस्तार, रैथाने बाली र स्थानीय जातका पशुको संरक्षणका लागि अनुदानमा बिनियोजन भएको छ ।

Annapurna aarohan ko notice

अख्तियारी आएका र कार्यबिधी बनेका कार्यक्रममा सहभागी हुन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकिएको दुई वटै कार्यालयले जनाएका छन् । कृषि ज्ञान केन्द्रले बाँझो जग्गामा व्यवसायिक खेती, साना व्यवसायिक फार्म स्थापना तथा विस्तार, क्षेत्रफलको आधारमा तरकारी उत्पादन र विउ उत्पादनमा प्रोत्साहन, फलफुल नर्सरी स्थापना, बाली बिमामा अनुदान, मसलाबाली विकास, नयाँ बगैचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्ने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृतिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी, बाच्छी हुर्काउनेलाई प्रोत्साहन, चौरी विकास, भेडा प्रर्वद्धन, कृषि ऋणमा ब्याज अनुदान, साना व्यवसायिक फार्म स्थापना तथा विस्तार, माछाको भूरा वितरण, नयाँ मत्स्य पोखरी निर्माण, दूध उत्पादनको आधारमा अनुदान र चरन खर्क सुधार लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

जनप्रतिनिधी, कार्यालय प्रमुख, अगुवा कृषक र पत्रकारहरुको उपस्थितिमा कार्यक्रम, बजेट र योजना सार्वजनिक गरिएको थियो । सहभागिले वास्तविक कृषकलाई प्राथमिकता दिएर योजना र कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिनुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संघ र प्रदेशको नीतिनियमले साना किसानहरुलाई समेट्न नसकेको बताउनुभयो । जनप्रतिनिधि, कर्मचारी र कृषकहरु मिलेर कृषि र भेटेरिनरीका बार्षिक कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले भुगोल र कृषकको चाहना अनुसार जिल्लास्थित पालिका मिलेर कृषि र पशुपालन क्षेत्रका नीति नियम बनाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले कृषी र भेटेरिनरीले साना किसान समेट्ने किसिमले कार्यक्रम बनाउन पहल गर्न आग्रह गर्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...