बिहे गर्ने उमेर भो।

Gandaki Kotihome

मेरो लागि बिहेको प्रस्ताव आएको रहेछ। मैले को हो ,के हो मतलब नै नराखि अहिले मन छैन भनिदिए।
“केटो, परिवार राम्रो छ, त्यसैले सोधेको पछि पछुतो होला बिचार गर ।”
धम्की दिए जस्तै ,उताबाट भनियो। मैले केटो र परिवारको कुरा नभएर अहिले बिहे गर्ने सोच नभएको कुरा बताए।
मेरा बारेमा खै के के सोचीयो थाहा भएन एकछिन पछि म्यासेज आयो ,” बिहे नै नगरि यसै बस्ने होस् र?”

म्यासेज पढेपछि नराम्रो लाग्यो, हुन त मेरा लागि यो कुनै नौलो घटना थिएन। प्रत्येक लगनको महिनामा यस्ता कुरा भइरहन्छन् । बिहे नगर्ने होस् र भन्नेलाई के थाहा बिबाह गर्ने , आमा बन्ने,परिवार बसाउने, मेरो पनि सपना र रहर छ।

बिबाह बन्धन निकै सुन्दर हुन्छ। अग्निलाई साँची राखेर आफन्तका माझमा कुनै अन्जान व्यक्तिसँग सँगै जिउने मर्ने बाँचा कसम खाइन्छ। त्यहि वचन र बिश्वासका आधारमा उहि व्यक्तिको साथ लागेर आफू जन्मेको घर र परिवार छोडिन्छ। आगामी जीवन कस्तो हुन्छ भन्ने कुरा त्यो व्यक्तिमा भर पर्छ जोसँग बिहे भएको हुन्छ। सुन्दर बिचार र व्यवहार भएको माया र साथ दिने व्यक्ति पर्यो भने जीवन स्वर्ग बन्छ। त्यसको बिपरित दोष, खोट मात्र देखाउने बाहिर तिर अल्लारिने मान्छे पर्य‍ो भने जीवन नर्क बन्छ।

Upper Myagdi transmition line notice

टिकटक भरि #Couple Goal मा आएका भिडियो हेर्दा निकै रमाइलो लाग्छ, कास मेरो जीवनसाथी सँग मेरो सम्बन्ध पनि यस्तै भइदिए हुन्थ्यो भन्ने रहर पलाउँछ । एक पल त बिहे गरिहालौ, एकल बसेर धेरै कुरा गुमाएकी रहेछु जस्त‍ो लाग्छ।
एकदिन हुनेछ मेरो पनि भन्दै मनलाई उर्जा दिएर  youtube तिर छिर्छु त्यहा  फेरि Tranding मा नै पुग्न सफल श्रीमानश्रीमतीका काण्ड देख्छु।
उत्तिखेरै मन बदलिन्छ। घरमा श्रीमती, छोराछोरी हुँदाहुँदै बाहिर तन्नेरी पल्टेर अर्को बिहे गर्न आँटेको,श्रीमानले बाहिरबाट पठाएको पैसामा यहाँ श्रीमती अर्कौ सँग हिडेर छोराछोरीको बिचल्ली पारेको देख्दा,विश्वास कसको गर्ने भन्ने प्रश्नले सताउछ। बिहे गरि हाल्ने भावना मनबाट हत्तपत्त झिक्छु।

Annapurna aarohan ko notice

मलाई बिहे गर्ने मन नभएको त कहाँ हो र। बिहे गरिहाल्न, मलाई अहिलेको प्रवृत्ति देखि डर लाग्छ। मलाई यस्तो सम्बन्ध जोड्न मन छ जो मनको होस्। जहाँ धेरै माया र बिश्वास होस्। म मेरो बनेको व्यक्तिलाई सुखदुःख सबै पलमा साथ दिन सकू। म उसको सारथि र साहस बन्न सकू नकि बोझ।
दुई ओटा भाडा सँगै भएपछि कहिलेकाहीँ आवाज आउने खटपट हुने त स्वभाबिक हो तर भाडा फुट्ने, टुट्ने गरि आवाज कहिल्यै नआओस्। झगडा परि हाले पनि  हामी बिच मिल्नु बाहेक अर्को विकल्प नहोस्।

म मेरो हुनेवाला जीवन साथीसँग  आर्थिक रूपमा निर्भर हुन चाहन्न। कम्तिमा आफ्नो खर्च धान्ने आत्मनिर्भर हुनु छ। विवाह नयाँ व्यक्ति र परिवारलाई आफ्नो जीवनमा प्रवेश गराउने,  नयाँ सम्बन्ध बनाउने उत्सब हो। मलाई राम्रो सँग थाहा छ, म पुर्ण रूपमा अर्को व्यक्तिमा निर्भर भएर कमजोर आत्मबलका साथ नयाँ सम्बन्ध निर्बाह गर्न सक्दिन। उमेर बढेसँगै शारीरिक र मानसिकरूपमा साथ दिने व्यक्ति चाहिन्छ ,मलाई पनि चाहिएको छ तर म दिगो चाहन्छु । म खुसी नभए सम्म म अरूलाई खुसी दिन सक्दिन भन्ने कुरा मलाई उमेरले ,भोगाइले सिकाएको छ। खुसी लाग्छ आफूलाई नै कि म बुझ्ने भएकी छु।

म मेरो परिवार र म हुर्केको समाजलाई यत्ति भन्न चाहन्छ।
उमेर बढ्ने कुरा हो बढ्छ ,छोरीको पनि बढ्य‍ो त्यसमा केही अचम्म नमान्नु। छोरीको उमेर बिहे गर्नका लागि मात्र बढेको होइन। बढेको उमेर देखेर पिर नगर्नु ,उमेर बढेसँगै तपाईंकी छोरी बुझ्ने भएकी छे, आफ्नो लागि सहि गलत छुट्याउने भएकी छे त्यसमा खुसी मनाउनु। `अब त बिहे गर्ने उमेर भयो।´ मलाई यो भनाइ नै गलत लाग्छ। पहिले १०/१२ बर्षमा बिहे गर्ने उमेर भयो भनिन्थ्यो अहिले २०/२२ बर्षमा । खै के सोचेर भनिन्छ।

मेरो बिचारमा बिहे गर्ने उमेर भयो लाई अब बुझ्ने उमेर भयोमा बदल्नु पर्छ।
प्रिय अभिभावक , आफ्ना सन्तानको कुरा सुन्ने गर्नुस्। जमाना पहिले जस्तो छैन, न मान्छे नै पहिलेका जस्ता छन्। तपाईंको पहिलेको सोचाइ अहिले पुरै मेल खान असम्भव जस्तै छ।
बाटो देखाउनु  राम्रो हो तर यहि बाटोमा हिड्नु पर्छ ,हामी यही बाटो हिडेको, बाटो पनि यहीँ हो भन्नु गलत हो।

कान्ति। [email protected]

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...