लोमान्थाङको लोवथाङमा किर्तिमानी गल्फ प्रतियोगिता

Gandaki Ghumau

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिवार गल्फ प्रतियोगिता भएको छ ।

समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटरको उचाइमा रहेको लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर किर्तिमान बनाएको आयोजकले जनाएका छन् । लोमान्थाङ गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो । यसअघि भारतको सिक्किममा तीन हजार ९७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मान्ने गरिएको थियो ।
गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा बिष्टले विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको बताउनुभयो । “३६ जना खेलाडीहरुको सहभागीतामा प्रतियोगिता सञ्चालन भयो,” उहाँले भन्नुभयो “विश्वकै उच्च स्थानमा गल्फ खेलाएर किर्तिमान बनाउन सफल भयौ ।”
८१ वर्षीय डा. रिता थापाले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । नौ होलमा खेलाइएको प्रतियोगिताको पुरुषतर्फ २२ पोइन्ट ल्याएर श्याम तामाङ र महिलातर्फ १५ पोइन्ट ल्याएर सुस्मा सिंह बिजयी भएका अफिसियल भूबहादुर गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna


२० पोइन्ट गरेका बलराम थापा फस्ट रनर अफ, रविन्द्र सायमीले ग्रोस र लंगेष्ट ड्राइभको उपाधी पाउनुभयो । श्याम सिम्खडाले एकै सर्टमा गल्फको बललाई सबै भन्दा टाढा पु¥याएर ग्रोजेष्ट टु डिपिनको उपाधी जित्नुभएको अफिसियल गुरुङले बताउनुभयो ।
उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन तथा पर्वतीय खेलकुदको विकास गर्न लोमान्थाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा हाईअल्टिच्युड गल्फ प्रतियोगिता संञ्चालन गर्न रु. १० लाख बजेट विनियोजन गरेको थियो ।

Gunasthariya Shiksya

“गत वर्ष लोवथाङमा गल्फ खेलका प्राविधिक टोली पुगेर सो स्थानको अवलोकन गरेका थिए,” गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले भन्नुभयो “टोलीले गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि पर्यटन आर्कर्षित गर्न प्रतियोगिता सञ्चालन गरेका हौ ।”

प्रतिनिधीसधा सदस्य प्रेमप्रसाद तुलाचनले लोवथाङको गल्फ कोर्सले मुस्ताङको खेलकुद र पर्यटनको क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो । लोमान्थाङ बजार देखि पश्चिम डोल्पा जाने बाटोमा लोवथाङ पर्छ ।

त्यहासम्म पुग्न मोटर सडक समेत विस्तार भईसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ । त्यहाँ गण्डकी प्रदेश सरकार मार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट विनियोजन भएको रु. १० लाख बजेटबाट गल्फ कोर्स निर्माण गरिएको सांसद विष्टले बताउनुभयो गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाईन र ब्याक लाईनको टिबक्स लगायतका संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट तीस मिनेटमा पुग्न सकिन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...