ग्रीन वैंक दशौं वर्षमा

Gandaki Ghumau

बेनी, । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक लि.ले आफ्नो स्थापनाको नवौं वर्ष पार गरि दशौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा वैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो स्थापना दिवश मनाएको छ ।
पोखरा महानगरपालिका वडा नं २८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहमा वृक्षारोपण, केन्द्रीय कार्यालयमा रक्तदान र वागलुङ्ग जिल्लाको हनुमान् नाच संरक्षण परिषद् तथा रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा वैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको वैंकका कर्जा विभाग प्रमुख संयुक्त वहादुर ध्वाखाले वताउनुभयो ।

Shreekrishna

वैंकले पोखरा महानगरपालिका–२८ मा भएको वृक्षारोपण कार्यक्रम सोही वडाका वडाध्यक्ष श्रीकृष्ण लामिछानेको प्रमुख आतित्यथा तथा सामुदायिक वनका अध्यक्ष मंगल नेपालीको अध्यक्षतामा सम्पन्न भएको छ । सामुदायिक वनको क्षेत्रमा तेजपात, कल्की, कपुर, पारिजात, अमला लगायतका अन्य विरुवाहरु रोपी कार्यक्रम सम्पन्न गरिएको थियो ।

Gunasthariya Shiksya

उक्त कार्यक्रममा वोल्दै वैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकीले वैंकले वित्तीय सेवा मात्र नभई सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्ने गरेको वताउनुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष लामिछानेले वैंकले वृक्षारोपण जस्तो पवित्र कार्यको लागि पोखरा महानगरपालिकाको वडा नं २८ को क्षेत्रलाई छनौट गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत बागलुङ बजारको इतिहाँस बोकेको हनुमान् नाच संरक्षण परिषद्लाई नगद रु. पैतिस हजार तथा वागलुङ जिल्लाकै रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिर, कुँडुलेलाई रु. २५ हजार ५२५ सहयोग गरेको थियो ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा वोल्दै वैंकका अध्यक्ष श्री गणेश कुमार श्रेष्ठले वैंकको व्यवसाय वृद्धीसँगै आफ्ना सामाजिक उत्तरदायित्वका कार्यहरुलाई समेत अगाडी वढाएको, दश वर्ष अगाडी वागलुङ जिल्लामा केन्द्रीय कार्यालय राखि स्थापना गरेको वैंक विभिन्न जिल्लामा १६ वटा शाखा कार्यालय विस्तार गरेको र १०० जना भन्दा वढि कर्मचारीहरुलाई रोजगारी सृजना गर्न सफल भएको वताउनुभयो । उक्त कार्यक्रममा वैंकका संचालकहरु कृष्ण शंकर श्रेष्ठ र मनोविज्ञान श्रेष्ठको उपस्थिती रहेको थियो ।


वैंकले दशौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष ९ महिनामा दोव्वर हुने मुद्धती योजना तथा १० वर्षमा दोव्वर र मासिक ६ प्रतिशत व्याज समेत प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको छ ।
वैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १६ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस, सिआस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...