भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने

Gandaki Kotihome

बेनी, । यही भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मंगलबार बेनीमा अन्तरक्रीया कार्यक्रम आयोजना गरेर भदौ १२ देखि १६ गतेसम्म दावी विरोध सहित अद्यावधिक गर्न लागिएको जनाएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि विगतमा संकलन भएका मतदाता नामावलीको अद्यावधिक गर्न लागिएको हो ।

बसाईसराई, मृत्यु, दोहोरो नामावली भएकाले दावि विरोध मार्फत सच्चाउन पाउने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । जिल्ला प्रशासन, निर्वाचन, स्थानीय तह र वडा कार्यालयमा निवेदन दिएर दावी बिरोध गर्न पाइने उहाँले बताउनुभयो ।

Upper Myagdi transmition line notice

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले मतदाता नामावालीको दावी विरोध गराउने समयमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, पत्रकार लगायत सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

Annapurna aarohan ko notice

जिल्ला न्याधिश कृष्णप्रसाद नेपालले निर्वाचनमा मतदान गर्ने अवसरलाई सदुपयोग गर्नका लागि मतदाताले भदौ १३ देखि १६ गतेसम्म प्रकाशन हुने मतदाता नामावालीमा दावि विरोध गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसका सचिव भरत रकालले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउन आयोगलाई आग्रह गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, नेकपा एमालेका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल लगायतको उपस्थिती थियो । कार्यालयका नायव सुब्बा चित्रनाथ शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

स्थानीय तह निर्वाचनपछि म्याग्दीमा एक हजार ८९९ जनाले तस्विर सहितको मतदाता नामावली दर्ता गराएका छन् । एक हजार १८ जना महिला र ८८१ जना पुरुषले नामावली दर्ता गराएका कार्यालयका कम्प्युटर अपरेटर सन्देश थापाले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन घोषणापछि रोकिएको मतदाता नामावली दर्ता २०७९ असार १ गतेदेखि शुरु भएको थियो ।

साउन २० गते प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुँदासम्म जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा तस्विर सहितको मतदाता नामावली दर्ता गरिएको थियो । सो अवधीमा जिल्ला बाहिरका ४४ जना महिला र १८ जना पुरुषले मतदाता नामावली दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले नयाँ दर्ता भएका मध्य मंसिर ४ गते सम्म १८ वर्ष पुरा हुने, मृतक, स्थानान्तरण र वसाईसराई गरेका मतदाताको नामावली अद्यावधिक गरेर कुल मतदाता संख्या कायम गर्ने जनाइएको छ ।

छ वटा पालिका र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि कुल ८५ हजार ३७५ जना मतदाता थिए । गत चुनावमा म्याग्दीमा ७४ मतदान स्थलमा ११४ मतदान केन्द्र थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...