बेनीमा सहकारी बैंकको शाखा स्थापना गर्ने तयारी

Gandaki Kotihome

बेनी । म्याग्दीका सहकारीकर्मीहरुले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् ।

सहकारी बैंकको शाखा स्थापनाका लागि पहल र व्यवस्थाप गर्न बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

Annapurna aarohan ko notice

राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखाको आयोजनामा आइतबार बेनीमा भएको सहकारी बैंकको शाखा स्थापना र सहकारीको विद्यमान समसामयिक समस्या विषय छलफल कार्यक्रम भएको थियो ।

Upper Myagdi transmition line notice

बैंकका केन्द्रिय सञ्चालक समितिका अध्यक्ष केवी उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीकर्मीहरुले बचत तथा ऋण प्रवाह तथा असुलीमा भोग्नु परेका समस्या, बचत तथा ऋण सहकारी विरुद्ध सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाहरु र बढ्दो आर्थिक मन्दिका बेला सहकारीहरुले अपनाउनु पर्ने रणनीति तथा योजनाका विषयमा छलफल भएको थियो ।

जिल्ला सहकारी संघमा आवद्ध र आवद्ध नभएका पर्वतका समेत ४५ वटा वचत तथा ऋण सहकारी संस्थाहरुको सहभागिता थियो । वाणिज्य र विकास बैंकले सहकारीमैत्री व्यवहार नगरेको भन्दै सहकारीहरुले जिल्लामा आफ्नै बैंकको आवश्यकता महशुस गरेको बताएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...