मराङखोलामा साँघु पुननिर्माण

Gandaki Kotihome

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा अस्थायी पुल बनाएर आवत जावत सूचारु गराइएको छ ।

शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) साउन १६ गतेको बाढीले बगाएपछि आवत–जावत बन्द भएको थियो ।

मालिका गाउँपालिका र अपर म्याग्दीखोला पहिलो जलविद्युत आयोजनाले अस्थायी काठेपुल बनाएर आवत जावत सूचारु गराएका हुन् । मालिका गाउँपाकिलाका अध्यक्ष बेगप्रसाद गर्बुजाले काठको प्रयोग गरेर ३० मिटर लामो अस्थायी पुल (साँघु) बनाएर आवत जावत सूचारु गराइएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“वि.स. २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि बनाएको साँघु पनि साउन तेस्रो साताको बाढीले बगाएपछि आवत जावत बन्द भएको थियो,” उहाँले भन्नुभयो “सो क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाले डोजर परिचालन गरेका छन् । गाउँपालिकाले बजेट व्यवस्थापन गरेर पुल बनाएका छौ ।”

Annapurna aarohan ko notice

दिर्घकालिन समस्या समाधानका लागि झोलुङ्गे पुल बनाउन नापजाँचका लागि संघीय सरकारबाट बिनियोजित बजेटबाट सडक पुल बनाउन पहल गरिएको अध्यक्ष गर्बुजाले बताउनुभयो । अस्थायी पुल निर्माणका लागि रु. ९५ हजार लागत अनुमान गरिएको थियो ।

भारवाङको जन्मभूमि युवा क्लवका अध्यक्ष प्रविन जुग्जालीले साँघु निर्माण भएपछि खोलामा जोखिम मोलेर जंघार तर्नुपर्ने र घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको बताउनुभयो । धवलागिरी गाउँपालिकाको कल्लेनी, छहरी, बाँसबोट, खाम्ला, खारा, खिवाङ, मुदी, बगर, चेचुङ, नाउराका बासिन्दा दरवाङ हुदै जिल्ला सदरमुकाम बेनी आउन जाने यही बाटो प्रयोग गर्छन् ।

म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरवाङ देखि भारवाङ हुदै धवलागिरीको वडा नम्बर ६ र ४ का ९ वटा बस्तिमा यही बाटो भएर खाद्यान्न ढुवानी हुन्छ । पुल बगाएपछि भारवाङका १५, कल्लेनी, छहरी र बाँसबोटका ४० घरधुरी पुल नहुँदा प्रत्यक्ष समस्यामा परेका थिए ।

बलबालिका विद्यालय जान नसकेर अध्ययनबाट बञ्चित हुनुपर्ने अवस्था आएपछि तत्कालै साँघु बनाएर आवत जावतको व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । मराङखोला म्याग्दी नदीको सहायक नदी हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...