गलेश्वरमा साउन महिनामा करिब रु. १८ लाख ७० हजार भेटि संकलन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु. १९ लाख भेटि संकलन भएको छ ।

साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले रु. १८ लाख ७० हजार २५३ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु. तीन लाख ३९ हजार ५५६, दोस्रो सोमबार रु. तीन लाख १८ हजार ३३२, तेस्रो सोमबार रु. तीन लाख सात हजार १३, चौथो सोमबार रु. चार लाख ६१ हजार ४२३ र पाँचौ तथा अन्तिम सोमबार रु. चार लाख ६८ हजार ९२९ भेटि संकलन भएको जानकारी दिनुभयो ।

Shreekrishna

“साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रीको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटि गन्ने गरिएको छ,” उहाँले भन्नुभयो “भेटि सार्वजनिक गर्न थालिएसँगै मन्दिरको आम्दानी पनि बढेको छ ।”

साउन महिनामा एक लाख २५ हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल रु. तीन करोड नौ लाख ४९ हजार ५८८ मौज्जदात छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरु र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा चल चढाएमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टनजमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ ।

द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको धार्मिक इतिहाँस छ ।

भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिंग, जडभरत, नटराज र लक्ष्मी नारायणको मुर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...