साउन महिनाको अन्तिम सोमबार म्याग्दीका शिवालयहरुमा भक्तजनको घुइँचो

khali

बेनी, । साउन महिनाको अन्तिम सोमबार आज म्याग्दीका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।

बेनी नगरपालिका–९ गलेश्वर, वडा नम्बर ७ को बेनी शिवालय, मालिका गाउँपालिका–६ को दरवाङ शिवालय, पोखरेबगर, जलजला गाउँपालिकाको गिद्देश्वर लगायत ठाउँमा रहेका शिवालयमा बिहानैदेखि दिउँसो अवेरसम्म भक्तजनको घुईचो लागेको हो ।

हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको सोमबारका दिन शिवालयहरुमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको घुँइचो लागेको हो । मन्दिर देखि प्रवेशद्धार बाहिरसम्म भक्तजनको लाइन लागेको थियो ।

Shreekrishna hardwear in news

म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका साथै बागलुङ लगायत देशका विभिन्न ठाउँबाट उल्लेख्य संख्यामा भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

khali

यस वर्षको साउनको २, ९, १६, २३ र ३० गते सोमबार परेको थियो । कोषका सदस्य सचिब बलबहादुर खत्रीले स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर पुजा व्यवस्थापन गरिएको बताउनुभयो ।

सिसिटिभीबाट पनि निगरानी गर्ने व्यवस्था मिलाइएको छ । शिवको दर्शन, पुजाआजाका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...