नेपाल राष्ट्रिय मगर संघ पुर्नगठन

Gandaki Kotihome

बेनी, । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट भएको छ ।

गलेश्वरमा आइतबार सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा देबीबुढा मगर, सचिवमा देव राना मगर र ललिता तिलिजा, सहसचिवमा लोकबहादुर पुन र बिक्रम बुढाथोकी, कोषाध्यक्षमा रामदेबी पुन चयन हुनुभएको छ ।

सदस्यहरुमा तमबहादुर चोचाङ्गी, लोकबादुर फगामी, बुद्धिमाया शेरपुजा, सरिता गर्बुजा, सु.काजिमान रोका, पिपला बुढा, चिना पुन, श्याम बुढा, दुर्गा रोका, टेकबहादुर फगामी , मनबहादुर रोका, हिरा बहादुर पुन र दुर्गा शेर्पुजा चयन हुनुभएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

हिराबहादुर पुन, देबी बुढा मगर, देब राना मगर, तुल्सीदेबी पुर्जा मगर, खिमकुमारी पुर्जा मगर, रामदेबी पुन मगर, हिराबहादुर पुन मगर, बुद्धिमाया शेर्पुजा मगर, विरेन्द्र बुढाथोकी र रोशन पुन मगर महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो

अधिवेशनमा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, पुर्वसहसभापति नेत्रबहादुर महत, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय मगर संघको संगठन विस्तारलाई तिब्रता सोमबारदेखि एक महिने जागरण अभियान सुरु गरिएको अध्यक्ष तथा कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

यसैगरी कार्यक्रममा प्रदेश सभा (क) का सभापति ओम छन्त्याल, कांग्रेस प्रदेशसभा (ख) का सभापति टंकप्रसाद पुन, कांग्रेस रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुजा, शिक्षक संघ म्याग्दीका पुर्व अध्यक्ष दुर्गाराम सुवेदी, मंगला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लालबहादुर रोका, राष्ट्रिय मगर गण्डकी प्रदेश सदस्य खिमा पुर्जा, दलित संघका जिल्ला उपाध्यक्ष बालकुमार लामिछाने, सांस्कृतिक संघकी अध्यक्ष धनकुमारी थापा, नेपाल राष्ट्रिय मगर संघ मालिका गाउँपालिका अध्यक्ष मोहन पुन, राष्ट्रिय मगर संघ मंगला गाउँपालिका अध्यक्ष विरेन्द्र बुढाथोकी, मंगला गाउँपालिका –३ बाट क्षेत्रीय प्रतिनिधि विक्रम बुढाथोकी लगायतले बोल्नुभएको थियो । सचिव तुल्सीदेबी पुर्जाको संचालन, अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता र उपाध्यक्ष देविका बुढा मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...