म्याग्दीका चार सय बढी पशुपालक कृषकलाई एक करोड ७९ लाख अनुदान

Gandaki Kotihome

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ ।

केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत ४३२ जना कृषक, फार्म, समुह र सहकारीले रु. एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन बृद्धी, नश्ल सुधार, पशु बिमा, आहरा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशत सम्म अनुदान दिइएको बताउनुभयो । “प्रदेश र संघीय सरकारबाट रु. चार करोड ५ लाख असी हजार बजेट बिनियोजन भएको थियो,” उहाँले भन्नुभयो “ रु. तीन करोड ५९ लाख ३६ हजार ३९२ खर्च भएको छ ।”

बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रमबाट ४३ जना कृषकहरुलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधी खरिदका लागि रु. ३४ लाख एक हजार अनुदान उपलब्ध गराइएको छ ।

Shreekrishna hardwear in news

रु. ५२ लाख ५० हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यवसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनौट भएका ४० वटा मध्य ३८ वटा फार्मले रु. ४९ लाख ८७ हजार ५०० अनुदान पाएका छन् । रु. आठ लाख बजेट बिनियोजन भएको डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट ५ वटा फार्मले रु. चार लाख २४ हजार ३५९ अनुदान पाएका छन् ।

Notice about ban dadalo

बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ जना कृषकहरुले गोठ सुधार, दाना र घाँस भण्डारण भवन, उपकरण, क्यान खरिदका लागि रु. १० लाख अनुदान पाएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश रिजालले बताउनुभयो । कृतिम गर्भाधानबाट जन्मेका २४ वटा पाठा बाच्चा हुर्काए वापत ८ जना कृषकले रु. दुई लाख ४० हजार अनुदान पाएका छन् ।

रु. १८ लाख बजेट बिनियोजन भउको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आवद्ध १०० जना कृषकहरुले प्ति लिटर रु. २.५० का दरले रु. १५ लाख ९० हजार अनुदान पाएका छन् । ३१ जना कृषकहरुलाई फार्म यान्त्रिकरण कार्यक्रम मार्फत च्यापकटर, पानी तताउने सोलार लगायत उपकरण खरिदमा रु. १० लाख अनुदान उपलब्ध गराइएको छ ।

रु. २१ लख बजेट बिनियोजन भएको पशुपंक्षी बिमा कार्यक्रम मार्फत २८ हजार २३४ पशुपंक्षीको बिमा गरेवापत ११० जना कृषकहरुले रु. १७ लाख ७९ हजार अनुदान पाएका छन् । रु. आठ लाख बजेट बिनियोजन भएको भैसी पकेट कार्यक्रम मार्फत मंगला–२ सिमलचौरका २५ जना कृषकहरुले काउम्याट खरिद गर्न रु. सात लाख अनुदान लगेका छन् । अन्नपूर्ण गाउँपालिकाका २३ जना कृषकहरुले बाख्रा पकेट कार्यक्रमबाट रु. आठ लाख अनुदान पाएका छन् । अनुवांशिक स्रोत संरक्षण कार्यक्रम मार्फत रघुगंगा–७ चिमखोलामा सिनाल बाख्रा र वडा नम्बर २ भगवतिमा बरुवाल भेडापालक १३÷१३ जना कृषकलाई रु. पाँच÷पाँच लाख अनुदान उपलब्ध गराइएको छ ।

अन्नपूर्ण गाउँपालिकाको दुवाडीमा भैसीको र धवलागिरी गाउँपालिकाको गुर्जामा भेडाको घुम्ती गोठ निर्माण गर्न रु. पाँच÷पाँच लाख अनुदान दिइएको केन्द्रले जनाएको छ । अन्नपूर्णको घार, रघुगंगाको चिमखोला, मालिकाको अदिभारा र धवलागिरीको मल्कवाङमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको केन्द्रले पशुमा पूर्ण खोप कार्यक्रम मार्फत बेनी नगरपालिका र मंगला गाउँपालिकामा ३१ जना प्राबिधिक परिचालन गरेर १२ हजार ३३४ घरधुरी कृषकका ४८ हजार ९८५ पशुलाई खोरेत, चरचरे, पिपिआर, स्वाईन फिववर र रेविज रोग विरुद्धको खोप लगाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...