धारापानीमा हाइभोल्टेज विद्युतका कारण करेन्ट लागेर एक जनाको ज्यान गयो

Gandaki Kotihome

धाइरीङ, पर्वतको जलजला गाउँपालिका–७ को धारापानी गाउँमा विद्युत वितरणका लागि जडान भएको ट्रान्सफर्मरबाट २२० भोल्टेज विद्युत प्रवाह हुनुपर्नेमा त्यो भन्दा बढी विद्युत प्रवाह हुँदा सोमबार एक जनाको मृत्यु र १३ जना घाइते भएका छन् ।

धारापानीकी ५० वर्षीय सिता क्षेत्रीको मृत्यु हुनुका साथै प्रताप शर्माको गोठका १६ वटा बाख्रा करेन्ट लागेर मरेका मिलनचोक प्रहरी चौकीले जनाएको छ । घटनास्थल पुगेका चौकीका ईञ्चार्ज मुक्त खड्काले तारको क्षमता भन्दा बढी मात्रामा विद्युत प्रवाह हुँदा दुर्घटना भएको बताउनुभयो ।

१५० भन्दा बढी घरमा जडान भएको विजुलीको मिटरबक्स जलेपछि विद्युत आपुर्ति बन्द भएको छ । हाइभोल्टेज विद्युत प्रवाह भएपछि गाउँभरिको वितरण लाइनको तारमा आगो बलेको थियो । विजुलीको तारले रुख छोएको छ ।

Upper Myagdi transmition line notice

क्षमता भन्दा बढी मात्रामा विद्युत आपुर्ति हुँदा ट्रान्सफर्मरबाट नियन्त्रण गर्ने एमसिपी नभएका कारण दुर्घटना भएको स्थानीयबासी दिपक आचार्यले बताउनुभयो । बिहानै देखि र यसअघि पनि तारमा आगो बल्ने समस्या भएको र ट्रान्सफर्मरमा एमसिपी राख्न माग गरेपनि विद्युत प्राधिकरणले सुनुवाई नगरेको उहाँको भनाई छ ।

Annapurna aarohan ko notice

मृतक र घाइतेलाई बिजुलीको तारमा आगो बलेको देखेपछि घरको मिटरबक्स बन्द गर्ने क्रममा करेन्ट लागेको स्थानीय प्रताप शर्माले बताउनुभयो । हाइभोल्टेज विद्युत प्रवाह भएको विजुलीको तार छिनेर खोरमा खरेर जमिनमा करेन्ट प्रवाह हुँदा शर्माले पालेका बाख्रा मरेका हुन् ।

गाउँपालिका, वडाका जनप्रतिनिधी, मिलनचोक प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीयबासीहरुले घाइतेलाई उद्दार गरेर बेनी अस्पताल पठाएका थिए । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष टुंगनाथ शर्माको टोली घटनास्थलमा पुगेर समन्वय र सहजिकरण गर्नुभएको थियो ।

मृतकको शव परिक्षणका लागि कुश्माको पर्वत अस्पतालमा लगिएको छ । १३ जना घाइतेहरु बेनी अस्पतालमा उपचार पछि घर फर्किएका छन् । उनिहरु खतरामुक्त रहेका बेनी अस्पतालले जनाएको छ ।

जोखिमको बारेमा समयमा सूचना नआउँदा जोखिमयुक्त ट्रान्सफर्मर र विजुलीको लाइन मर्मत गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण पर्वत बितरण केन्द्रले जनाएको छ । जोखिमयुक्त लाइनको समयमा पहिचान, मर्मत र व्यवस्थापन नगर्दा विद्युतीय दुर्घटनाको जोखिम बढेको धारापानीबासीको भनाई छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...