मराङखोलाको बाढीले साघु बगाएपछि आवत जावत बन्द

Gandaki Kotihome

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवत जावत बन्द भएको छ ।

शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो । वि.स. २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवत जावतका लागि काठको अस्थायी पुल (साँधु) बनाएका थिए ।

भारवाङको जन्मभूमि युवा क्लवका अध्यक्ष प्रविन जुग्जालीले अस्थायी पुल पनि बगाएपछि आवत जावत बन्द भएको जानकारी दिनुभयो । “भारवाङ गाउँ सडक र पैदलमार्गबाट सम्पर्क बिच्छेद हुँदा समस्या भएको छ,” उहाँले भन्नुभयो “खोला तर्न नसकिने भएकाले वडा र पालिकाको केन्द्र, विद्यार्थीलाई विद्यालय जान आउने बाटो बन्द भएको हो ।”

Upper Myagdi transmition line notice

धवलागिरी गाउँपालिकाको कल्लेनी, छहरी, बाँसबोट, खाम्ला, खारा, खिवाङ, मुदी, बगर, चेचुङ, नाउराका बासिन्दा दरवाङ हुदै जिल्ला सदरमुकाम बेनी आउन जाने यही बाटो प्रयोग गर्छन् । म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरवाङ देखि भारवाङ हुदै धवलागिरीको वडा नम्बर ६ र ४ का ९ वटा बस्तिमा यही बाटो भएर खाद्यान्न ढुवानी हुने गर्दथ्यो ।

Annapurna aarohan ko notice

भारवाङका १५, कल्लेनी, छहरी र बाँसबोटका ४० घरधुरी पुल नहुँदा प्रत्यक्ष समस्यामा परेका छन् । सबैभन्दा ठूलो समस्या विद्यालय जाने बालबालिकालाई पर्ने देखिएको छ । बर्खेबिदा सकिएपछि उर्लदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता भारवाङवासीलाई परेको छ ।

मराङखोला म्याग्दी नदीको सहायक नदी हो । बाढी आएकाले यहाँ जंघार तरेर वारपार गर्न सकिने अवस्था छैन् । भारवाङका करिब २० जना बालबालिका नौमानेको शिव आधारभूत र बिमको किसानी माविमा पढ्छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मराङखोलामा बाढीको सतह नघट्दा सम्म आवत जावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताउनुभयो । “खोला ठूलो भएकाले तत्काल केही गर्न सकिने अवस्था छैन,” उहाँले भन्नुभयो “भारवाङका बालबालिकालाई बिम र नौमानेमा राखेर विद्यालय पढ्ने व्यवस्था मिलाउने सोचेका छौ ।”

खोला वारपार गर्न नसकिने हुँदा धारापानी र मराङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...