पर्वतमा कालीगण्डकीबाट बालुवा चोर्न प्रयोग भएका डोजर सिल

Gandaki Kotihome

बेनी । सर्वोच्च अदालतको परमादेश र कानुनी व्यवस्था विपरित पर्वत स्थित कालीगण्डकी नदीबाट बालुवा चोरी गर्न प्रयोग भएका उपकरणलाई मंगलबार अनुगमन समितिको टोलीले सिल गरेको छ ।

नेपाल सरकारले असार, साउन र भदौ महिनामा नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने निर्णय गरेको छ । अन्य समयमा पनि कालीगण्डकी नदी किनारमा वातावरणीय प्रभावमूल्यांकन गरेर सो मूल्यांकनको प्रतिवेदनको आधारमा मात्रै नदीजन्य बस्तु उत्खनन् गर्न पाउने नियम छ ।
सर्बोच्च अदालतले पनिपरमादेश जारी गरेर कालीगण्डकी नदी किनारमा रहेका जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिकालाई प्रतिवेदनले तोके अनुसारको ठेक्का लगाउने र सो को अनुगमन गर्न आदेश दिएको छ ।

तर, कालीगण्डकी नदीमा अहिले पनि रातारात दोहन भैरहेको छ । उर्लेको भेलमा पनि एक्साभेटर लगाएर बालुवा र गिटी झिक्ने काम भएको स्थानीयले बताएका छन् । सो जानकारी पाएपछि जिल्ला समन्वय समिति पर्वतका बिष्णुराम बिकको नेतृत्वमा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा र सुरक्षा निकायका प्रमुख समेतले नदी किनारमा अनुगमन गरेको छ ।

Upper Myagdi transmition line notice

मंगलबार दिउँसो भएको अनुगमनको क्रममा चारवटा एक्साभेटर सिल गरिएको सापकोटाले जानकारी दिए । जिल्ला अनुगमन समितिको बैठकले तत्काल अनुगमन गर्ने र दोषीलाई कारवाही गर्ने निर्णय समेत गरेको थियो ।

Annapurna aarohan ko notice

धौलागिरि क्षेत्रमै पर्वततर्फ बढी दोहन र गैरकानूनी रुपमा नदीजन्य बस्तु उत्खनन् भएको सापकोटाको भनाई छ । ‘पर्वततर्फ धेरै दोहन भएको रहेछ, हामीले गैरकानूनी काम रोक्छौं’ सापकोटाले भन्नुभयो, ‘सिल गरिएका उपकरण खोल्न पाइदैन ।’

बर्षात सकिएपछि पनि आइइइ प्रतिवेदन अनुसार मात्रै उत्खनन् गर्न दिने उहाँले बताउनुभयो । सर्वोच्चको आदेश र पर्यावरणको संरक्षण दुवैमा ध्यान दिएको उहाँले दावी गर्नुभयो ।

समन्वय प्रमुख बिकले राजनीतिक नेतृत्व तहमा छलफल गरेपछि निर्माण व्यवसायीसँग पनि छलफल गर्ने बताउनुभयो । उहाँले बागलुङ र म्याग्दीका जनप्रतिनिधि समेतको सहमतिमा कालीगण्डकी नदी सुरक्षामा ध्यान दिने बताउनुभयो । उहाँले बागलुङ र म्याग्दीभन्दा पर्वततर्फ नदी दोहन बढीरहेको बताउनुभयो ।
मलढ्ुंगास्थित राजाको बगर, फर्से र लस्तीसमेत पुगेर प्रशासनले अवैध उत्खनन् गर्नेलाई सिल गरिएको थियो । बर्षातमा उत्खनन् गर्न नपाउने नियम हुँदाहुँदै व्यवसायीले एक्साभेटर लगाएर बालुवा उत्खनन् गर्ने र बेच्ने गरेका छन् । प्रायः दिउँसोमा काम गर्दा देखिन्छ भनेर रातको समय रोज्ने समेत गरेका छन् ।

प्रशासनले अनुगमन गर्न खोज्दा सूचना प्रवाह गरेर अन्य एक्साभेटर लुकाउने काम समेत हुने गरेका छन् । ‘हामीले हेर्दाहेर्दै एउटा एक्साभेटर सडकदेखि माथी लगेर राखे, तर नदी छेउमा नभेटेपछि सिल गर्न सकिएन’ बिकले भन्नुभयोे, ‘अब हामीले रातमा अनुगमन गर्नुपर्ने भयो ।’ रातारात बालुवा चोरी भएकोले अनुगमन चुस्त बनाउनुको बिकल्प नभएको उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...