निलगिरी क्यासकेडको सुरुङ ‘ब्रेक थु्रु’

Gandaki Kotihome

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ ।

निलगिरीखोला हाइड्रोपावर प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ निर्माण बिहिबार जोडिएको हो । आयोजनाका ईञ्जिनियर केशव वाग्लेले पाँच वटा अडिटबाट सुरुङ खनिएको जानकारी दिनुभयो ।

नारच्याङको दोभान स्थित विद्युतगृह र छोटेपाको बाँधतर्फबाट वि.स. २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । सुरुङ निर्माणलाई जलविद्युत आयोजनाको मुख्य काम मान्ने गरिएको छ ।

Upper Myagdi transmition line notice

ब्रेक थु्रु भएको अवसरमा आयोजनाका प्रर्वद्धक, प्राबिधिक, कर्मचारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधीले खुसीयाली मनाएका थिए । “ब्रेक थ्रु भएको टनेलको फिनिसिङ गर्ने तयारी छ,” ईञ्जिनियर वाग्लेले भन्नुभयो “बाँध र विद्युतगृह निर्माण तथा इलेक्ट्रोमेकानिकलको कामलाई तिब्रता दिएका छौ ।”

Annapurna aarohan ko notice

३८.७ मेगावाटको निलगिरी पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । दुई वटै आयोजनाको प्रर्वद्धक एउटै निलगिरी हाइड्रोपावर हो ।

निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण थालिएका ईञ्जिनियर वाग्लेले बताउनुभयो । क्यासकेडको विद्युतगृह देखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरेको छ ।

बस्ती देखि टाढा रहेको निलगिरीखोला जलबिद्युत आयोजना निर्माण स्थल भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्छ । रु. तेह् अरब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् ।

निलिगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सवस्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिन्छ । छोटेपा–दोबिल्ना हुदै दाना सब स्टेशन जोड्ने ७.४ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...