मगर जनप्रतिनिधिलाई सम्मान

Gandaki Kotihome


बेनी, । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ ।

बेनी स्थित मगर संघको सभाहलमा आइतबार आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुन, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुन, अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारत पुन र उपाध्यक्ष दिवा पुन, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, तीन जना जिल्ला समन्वय समिति सदस्य, २७ जना वडा अध्यक्ष सहित ११८ जना मगर जनप्रतिनिधिलाई सम्मान गरिएको मगर संघ जिल्ला समन्वय समितिका सचिव खम थापा मगरले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

यसैगरी सोही अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा मगर तथा मिस एसईई–२०२२ विजेता लिया पुनलाई समेत सम्मान गरिएको थियो । जिसस प्रमुख थपा, प्रजिअ राना ,मगर संघ अध्यक्ष डकमाया पाइजा ,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थापा ,सामाजिक विकास कार्यालय प्रमुख थापा लगायतले सम्मानपत्रले सम्मान गर्नुभयो । जिसस प्रमुख थापाले मगर समुदायको पुख्र्यौली कला संस्कृतीको संरक्षण र भाषाको जगेर्ना गर्न स्थानीय तहले जोड दिनुपर्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice

उहाँले कला संस्कृति संगै राजनितिक, प्रशासनीक लगायत राज्यका हरेक निकायमा मगर समुदायबाट पनि प्रतिनिधित्व जनाउन आवश्यक रहेको बताउनुभयो । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारत पुन, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, रघुगंगा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुजा जनप्रतिनिधिहरुले मगर समुदायको कला, संस्कृतीको संरक्षण, जगेर्ना र प्रवद्र्धन संगै क्षमता विकासको लागि आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी प्रजिअ राना, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थापा, सामाजिक विकास कार्यालय प्रमुख थापा लगायत, मगर संघ म्याग्दीका पुर्व अध्यक्ष मनप्रसाद थजाली लगायतले मगर समुदायको हकअधिकार, कला संस्कृतिको संरक्षण, क्षमता विकास तथा जनताको हित रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सचिव खम थापा र सहसचिव हिरा पुनले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष लोकेश पुनले स्वागत गर्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...