अनेमसंघको कार्यकर्ता प्रशिक्षण

Gandaki Kotihome

बेनी । बेनीमा शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी म्याग्दीको कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा अनेमसंघको इतिहास र योगदान, अनेमसंघले बनाएको चौधबुँदे कार्यक्रम, जनताको बहुदलीय जनवाद (जबज), नेपालको राजनीतिक आन्दोलनमा अनेमसंघको योगदान, समसामयिक अवस्था, भावी योजना, साङ्गठनिक ढाँचा, अनुशासन, एमाले र अनमेसंघको अन्तर्सम्बन्ध, सङ्गठनको महत्व तथा विकास लगायतका विभिन्न विषयवस्तुहरुमा सहजीकरण गरिएको थियो ।

Annapurna aarohan ko notice

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं अनेमसंघका केन्द्रीय अध्यक्ष थममाया थापा, एमाले केन्द्रीय सदस्य एवं अनेमसंघका केन्द्रीय सचिवालय सदस्य नरदेवी पुन, एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य एवं एमाले जिल्ला उपसचिव थमसरा पुन र अनेमसंघको केन्द्रीय सदस्य तथा एमाले जिल्ला सचिवालय सदस्य खरमाया बिटालुले सहजीकरण गर्नुभएको थियो ।

Upper Myagdi transmition line notice

एमाले स्थायी कमिटी सदस्य थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले र अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एमालेकै जोडबलका कारण देश र नेपाली जनताले संविधान पाएको बताउँदै संविधानको कार्यान्वयनसँगै सङ्घीयतामार्फत देशको दीगो विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अनेमसंघको केन्द्रीय अध्यक्ष समेत रहनुभएकी एमाले नेतृ थापाले अहिलेको सत्ता गठबन्धनले देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लगाउँदै देशलाई श्रीलङ्का हुनबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने अवस्था आएको बताउनुभयो । अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोकाको अध्यक्षता र सचिव विष्णु गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी सुष्मा बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...