रघुगंगाका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्त उपलब्ध गराउन थालेको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ जना विद्यार्थीहरुलाई पहिलो पटक रु. छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध गराएको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले ३२ जनाले आवेदन पेश गरेकोमा छात्रवृत्ति निर्धारण समितिको असार १९ गतेको बैठकले २७ जनालाई छनोट गरेको जानकारी दिनुभयो ।
“गाउँपालिकाका सामुदायिक विद्यालयमा तीन चार पटकसम्म विज्ञापन गर्दा समेत शिक्षक नपाउने समस्या आएपछि उच्च शिक्षाका लागि छात्रवृत्ति दिने कार्यक्रम ल्याएका हौ,” उहाँले भन्नुभयो “रघुगंगा गाउँपालिका स्थायी ठेगाना भएर गाउँपालिका भित्रकै विद्यालयबाट एसईई उतिर्ण गरेका विद्यार्थीहरुले छात्रवृत्ती सुविधा पाउँछन् ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनीको म्याग्दी बहुमुखी क्याम्पसका २१ जना, पोखराको पृथ्वीनारायण क्याम्पसका तीन जना, पोखराको लक्ष्मी आदर्श बहुमुखी क्याम्पस, उदयपुरको प्राकृतिक व्यवस्थापन कलेज र नमुना मछिन्द्र क्याम्पस ललितपुरका १÷१ जनाले छात्रवृत्ति पाएका हुन् । आवेदन पेश गरेका पाँच जनाले गाउँपालिका बाहिरका विद्यालयबाट एसईई उतिर्ण गरेकाले छनौटमा नपरेका हुन् ।
प्रति विद्यार्थी क्याम्पसको वार्षिक शूल्क रु. पाँच हजार ९०५ देखि रु. २८ हजार ५०० सम्म छात्रवृत्ति पाएका छन् । २०७९ जेठ २६ देखि असार ५ गतेसम्म आवेदन माग गरिएको थियो । गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी कार्यबिधि २०७७ अनुसार एक जनाले अधिकतम वार्षिक रु. ४० हजार सम्म छात्रवृत्ति पाउने व्यवस्था छ ।

Shreekrishna

क्याम्पसको शूल्क र कार्यबिधीमा उल्लेखित रकम जुन कम छ सोही अनुसार उपलब्ध गराइने शिक्षा अधिकृत सुवेदीले बताउनुभयो । वि.स. २०७७ मा बनेको कार्यबिधीलाई रघुगंगाले पहिलो पटक कार्यान्वयन गरेको हो ।

रघुगंगा गाउँपालिका उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई छावृत्ति उपलब्ध गराउने म्याग्दीको पहिलो स्थानीय तह बनेको छ । कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि रु. दश लाख बजेट बिनियोजन भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...