संसदीय टोलीद्धारा राहुघाटको अनुगमन

Gandaki Kotihome


बेनी,। संघीय संसद, प्रतिनिधी सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बुधबार म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको अनुगमन गरेका छन्

सांसदहरु घनश्याम खतिवडा, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, राजबहादुर बुढा क्षेत्री, लालकाजी गुरुङ, समितिका सचिव उदयकुमार भण्डारी र उपसचिव सञ्जय दाहालको टोलीले राहुघाटको निर्माणाधिन संरचनाहरुको अनुगमन गरेको हो ।

टोलीसँगै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना पनि आयोजना स्थलमा पुग्नुभएको थियो । तिल्केनीचौरमा बाँध, पिप्लेको सर्च साफ्ट, सुरुङ, झिँ र दग्नामको सिमानामा निर्माणाधिन बाँधको अनुगमन गर्नुभएको थियो ।

Upper Myagdi transmition line notice

टोलीले अनुगमन, निरिक्षणका साथै आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रो लिमिटेडका अधिकारीहरुसँग आयोजना निर्माणको अवस्था, समस्या र योजनाका विषयमा जानकारी लिएर निर्देशन र सुझाव दिनुभएको थियो । रघुगंगा हाइड्रोका प्रबन्धक सञ्चालक गणेश केसी र आयोजनाका प्रोजेक्ट म्यानेजर राज बिष्टले आयोजना निर्माण अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

Annapurna aarohan ko notice

अनुगमनमा सहभागी सांसद भूपेन्द्रबहादुर थापाले आयोजना निर्माणलाई तिब्रता दिन निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार संसदीय टोलीले आयोजनाका निर्माणका लागि राज्य तहबाट सहजिकरण र समन्वय गर्ने प्रतिवद्धता जनाएको छ ।

सांसद थापाले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयद्धारा सञ्चालित आयोजनाको अनुगमनमा आएको बताउनुभयो । राहुघाटका साथै मुस्ताङको जोमसोम, म्याग्दीको बेनी बजार संरक्षण र तनहुँ हाइड्रोपावर निर्माणको अनुगमन गरिने थापाले बताउनुभयो ।

निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको राहुघाट जलविद्युत् आयोजना अनेक आरोह–अवरोह पार गर्दै बल्ल गति लिने अवस्थामा पुगेको छ । कूल ४० मेगावाट क्षमताको सो आयोजना निर्माणले गति लिएको जनाइएको छ ।

शुरुमा प्राधिकरण आफैंले निर्माण गरेको सो आयोजना पछिल्लो पटक भने कम्पनी मोडलमा अगाडि बढाइएको छ । ३२ मेगावाटको आयोजनाको क्षमता बढाएर ४० मेगावाट पु¥याइएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको यो आयोजना म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा बाँध, सुरुङ र विद्युतगृहलगायतका संरचना निर्माण भइरहेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...