बेनीका कृषकलाई फलफुलका विरुवा वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले कृषकहरुलाई निशूल्क फलफुलका विरुवा वितरण गर्न थालेको छ ।

नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई फलफुल खेतीतर्फ आकर्षित गराउदै, घरायसी उपभोगका लागि फलफुल आयात घटाउन र उत्पादन बृद्धी गर्ने उद्देश्यले फलफुलका विरुवा वितरण गर्न लागेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नगरपालिकाकी कृषि अधिकृत आकृति ढुङ्गानाले नगरपालिकाले सुन्तला, कागती, मौसम, एभोगाडो, लिची र आपँ प्रजातिका ११ हजार फलफुलका विरुवा वितरण गर्न लागेको बताउनुभयो ।

Shreekrishna

सुन्तला चार हजार चार सय, कागती तीन हजार आठ सय, मौसम तीन सय, एभोकाडो १०६, लिची एक हजार र आँप एक हजार ४०० विरुवा वितरण गरिने कृषि अधिकृत ढुङ्गानाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...