खाम्लामा तरकारी र फलफुल खेती तालिम

Gandaki Ghumau

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा तरकारी र फलफुल खेती सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तरगत ३०÷३० जना कृषकहरुलाई दुई दुई दिन तरकारी र फुलफुल खेती सम्बन्धी फरक फरक तालिम दिइएको हो ।

Gunasthariya Shiksya

खिवाङ खाम्ला कृषि तथा पशुपंक्षी सहकारी संस्थामा आवद्ध कृषकहरुलाई असार ५ र ६ गते तरकारी र ७ र ८ गते सुन्तलाजात फलफुल खेती सम्बन्धी तालिम दिइएको कृषि प्राबिधिक सगुन कटुवालले जानकारी दिनुभयो ।

Shreekrishna

प्राबिधिक कटुवालको साथै कृषि ज्ञान केन्द्र म्याग्दीका प्राबिधिक सहायक श्यामशरण कुर्मी र जनक शर्माले तालिमको सहजिकरण गर्नुभएको थियो । बिषादी र रासायनिक मलको प्रयोग बिना जैबिक प्रबिधिको प्रयोग गरेर खेती गरि वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले गत वर्षदेखि खिवाङ खाम्लामा मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रम मार्फत सहकारीमा आवद्ध कृषकहरुले तरकारी र सुन्तलाजात फलफुल खेती गरेका छन् । कृषि औजार, सामग्री, बिरुवा, बिउ बितरण, सिचाई पोखरी निर्माण, तालिम सञ्चालन भएको छ । यसपाली गत वर्ष निर्माण भएको टंकीबाट खेतबारीसम्म पानी पु¥याउने पाइप, ट्याक्टर, विउ, विरुवा वितरण गर्ने कार्यक्रम छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...