काउलेगौडामा लक्ष्य अघिनै सडक निर्माण सकियो

Gandaki Kotihome

काउलेगौडा, । ढिलासुस्तिका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एक वटा सडक निर्माण सम्बन्धी योजनाको काम भने लक्ष्य अघिनै सकिएको छ ।

निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजिकरण र समन्वय हुने हो भने ढिलासुस्ति हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ ।

बेनी नगरपालिका–९ काउलेगौडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सञ्चालन भएको योजना सम्झौता भन्दा दुई महिना अघिनै सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“गत मंसिर महिनामा ठेक्का सम्झौता भएको योजनाको काम २०७९ जेठ मसान्तसम्म थियो,” उहाँले भन्नुभयो “निर्माण व्यवसायीले २०७८ चैत महिनामै काम सकेर हस्तान्तरण गर्नुभयो ।”

Annapurna aarohan ko notice

रु. दुई करोड ३० लाख बजेट बिनियोजन भएको सो सडक निर्माण गर्न पर्वतको वुद्ध निर्माण सेवाले २०७८ मंसिर २६ गते रु. एक करोड ४३ लाख ५९ हजार ७२२ मा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिकाका सवईञ्जिनियर चन्द्रबहादुर थापाले पाँच मिटर चौडाइका दरले ५५० मिटर ढलान, ६७० घनमिटर ग्यावीयन जाली र ६६० घनमिटर स्टोन मेसिनरी पर्खाल निर्माण भएको जानकारी दिनुभयो । काउलेगौडा क्षेत्रमा १६० मिटर पक्की नाली निर्माणका साथै माटो कटिङ र फिलिङ्ग गरिएको छ ।

काउलेगौडाका वासिन्दा विदुर विकले सडक स्तरोन्नति भएपछि सवारी साधन सञ्चालन, आवत जावतमा सहजता र जोखिम घटेको बताउनुभयो । निर्माण कम्पनीका सञ्चालक सागर श्रेष्ठले पर्याप्त निर्माण सामग्री जुटाएर मजदुर र उपकरण परिचालन गरेर लक्ष्य अघिनै सम्झौता अनुसारको काम सकेको बताउनुभयो ।

साँघुरो, कच्चि, नाली नभएको र ग्रेड तथा घुम्ति नमिलेको सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षेदेखि क्रमागत योजना शुरु गरेको थियो । गत वर्ष दुई किलोमिटर क्षेत्रमा एक हजार ५५९ घनमिटर ग्यावीयन पर्खाल, ९६१ मिटर पक्की पर्खाल, ५ स्थानमा क्रस ड्रेन, ३०४ मिटर सडक ढलान र २६१ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको थियो ।

बेनी नगरपालिका–९ का निवर्तमान वडा अध्यक्ष बेलबहादुर चोखालले गत वर्षको कामप्रति गुनासो आएपनि यसपाली काम छिटो र स्थानीयबासीहरु पनि सन्तुष्ट भएका बताउनुभयो । निर्माण व्यवसायीले इच्छाशक्ति देखाउने हो भने विकास योजनामा ढिलासुस्ति हटाउन सकिने उहाँले बताउनुभयो ।

बेनी नगरपाकिलाको ९, १०, रघुगंगा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडाका वासिन्दाले जिल्ला सदरमुकाम बेनी आवत जावतका लागि यो सडक प्रयोग गर्छन् । काउलेगौडा, पात्लेखेत, झिँ, पाखापानी र कुइनेका बासिन्दा लाभान्वित हुने यो सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...