काँग्रेसमा समस्या समाधान विभाग बनाउनुपर्छ – राणा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेसले वडा, पालिका, प्रदेश हुदै केन्द्र सम्मनै जनताको गुनासो, समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउदै अब पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताउनुभएको हो ।

देश समस्यामा हुदा त कांग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna

उहाँले बुधवार नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा यस्तो बताउनुभएको हो ।

काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्दै हरेक क्षेत्रमा जनताका समस्या समाधान पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ । कार्य व्यवस्थापनमा ख्याल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

‘चुनावको बेलामा अन्तरघाट भयो, भन्ने तर आफुले नै अन्तरघात गर्ने कांग्रेस, यसले पार्टीले जित्दैन, यस्तो समस्याको समाधान गर्न कांग्रेसमा आवश्यक देखिएको छ,’ उहाँले भन्नुभयो ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ । टिकट नपाउँदाको तित्तताले पार्टी भित्र नै दुर्घटना निम्तने उहाँको भनाई छ । ब्युरोक्रेसीलाई सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको र ब्युरोक्रेसी सुध्रिएको खण्डमा सरकारका कामकारबाहीले गतिशिलता पाउने उहाँको भनाई थियो ।

‘उखान टुक्का सुन्न टिलेभिजनमा कमेडी च्याम्पीयन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उहाँले भन्नुभयो, उखान टुक्का सुनाउदै हिड्ने कांग्रेस होईन, कांग्रेस हरेक अप्ठारो परिस्थतीमा देशलाई बचाएको छ ।’

‘नेपाल गरिब देश होइन धनी देश हो । बजेट विनियोजन हुन्छ तर कार्यान्वयन नभएको अवस्था छ । जसले गर्दा योजनाहरु अलपत्र परेका छन् । यस्ता विषयमा फ्लोअप गर्दै अगाडि बढ्न सकेको खण्डमा विकासले गति लिन्छ ।’

कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले व्यक्तीलाई नभई पार्टीलाई बिजय गराउन आग्रह गर्नुभयो । उहाँले व्यक्तीबादले पार्टीलाई कमजोर बनाउने बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पछिल्लो समयमा कांग्रेस पार्टीमा युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसबाट उम्मेद्धार बनेर जनप्रतिनिधि बनेकाहरुलाई सम्मान गरिएको थियो । पार्टी सभापती खमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, भातृ संस्थाका प्रमुख, पालिका तथा प्रदेश कार्यसमितिका अध्यक्षले मतव्य राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यलाई म्याग्दी कांग्रेसले ज्ञापन पत्र समेत बुझाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...