भगिनी र मितेरी सम्बन्ध बनाउने गुर्जाको योजना

Gandaki Kotihome

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाका जनप्रतिनिधीहरुले भगिनी र मितेरी सम्बन्ध कायम गर्ने योजना अघि सारेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधीहरुको पहिलो बैठकले अनुभव आदान प्रदान र अनुशरणका लागि भगिनी र मितेरी सम्बन्ध बनाउने निर्णय गरेका हुन् । भौतिक पूर्वाधार, कृषि, पशु, वन, पर्यापर्यटन लगायतको क्षेत्रमा उदाहरणीय बनाउन त्यस्तै क्षेत्रमा नमुना काम गरेका पालिका र वडाहरुसँग भगिनी र मितेरी सम्बन्ध विस्तार गर्ने निर्णय गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

Annapurna aarohan ko notice

पालिका र सम्बन्ध निकायमा गरिएको प्रस्ताव स्विकृत गरेर भगिनी र मितेरी सम्बन्ध विस्तारको काम अघि बढाइने उहाँले बताउनुभयो । यसैगरी वडाका जनप्रतिनिधीहरुको कार्य विभाजन पनि भएको छ । वडा अध्यक्ष छन्त्याललाई वडाका दैनिक, प्रशासन, योजना अनुगमन, नियमन, नियन्त्रण, सरोकारवाला संघ संस्थाहरुसँग सम्पर्क, समन्वय, सहकार्य लगायतका कार्यको जिम्मेवारी तोकिएको छ ।

Upper Myagdi transmition line notice

वडा सदस्य सतमाया विकलाई टोल सुधार समिति गठन, परिचालन, स्थानीय योजना अनुगमन, नियमन, वडा सदस्य केआईसिंह छन्त्याललाई टोल सुधार समिति गठन, परिचालन, योजना अनुगमन, नियमन, स्थानीय पुजा व्यवस्थापन र अर्का सदस्य गुनराम छन्त्याललाई शिक्षा, बालबालिका, खानेपानी, टोल सुधार समिति गठन, परिचान, योजना अनुगमन र नियमनको जिम्मेवारी तोकिएको छ ।

कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले स्वास्थ्य, सरसफाई, खानेपानी, महिला बालबालिका, कार्यपालिका सदस्य भविन्द्र छन्त्यालले विकृति, विसंगति, कुलत नियन्त्रणको जिम्मेवारी पाउनुभएको छ । यसैगरी गुर्जामा आगामी आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालन हुने योजना तथा कार्यक्रम संकलन गरिएको छ । जनप्रतिनिधीहरुको उपस्थितिमा टोल भेला गरेर गाउँपालिकामा पेश गरिने विषयगत र प्रदेश तथा संघीय सरकारमा माग गर्ने योजना तर्जुमा गरिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...