मंगलाको कैलाशफाँटमा धार्मिक वन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पिपलबोटमा धार्मिक वन स्थापना भएको छ ।

सार्वजनिक जग्गाको संरक्षण र वन विकास मार्फत पर्यटन विकास गर्ने उद्देश्यले पिपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।

डिभिजन वन कार्यालय, म्याग्दीका प्रमुख मनोज रानाभाटले विश्व वातावरण दिवसको अवसरमा औपचारिक रुपमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “नापचाँज, क्षेत्रफल पहिचान, विधान, कार्ययोजना र समूह दता लगायत सवै प्रक्रीया पुरा गरेर हस्तान्तरण गरेका हौ,” उहाँले भन्नुभयो “वन विकास, जैविक विविधता र वातावरण संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले धार्मिक वन बनाएका हौ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्राचिन समयमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको कैलाशफाँटमा शिव मन्दिर रहेको छ । म्याग्दी नदी किनारको शिव मन्दिर परिसरको बगर र सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षारोपण गरेर वन बनाइएको समुहका अध्यक्ष छवीलाल कडेलले बताउनुभयो । वातावरण दिवसको अवसरमा वनमा १०८ पिपलका विरुवा रोपिएको छ । घेराबार र संरक्षणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा रु. तीन लाख सहयोग गरेको छ ।

एकै ठाउँमा १०८ वटा पिपलको विरुवा भएको ठाउँमा पुजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । यसअघि स्थानीयवासीहरु १०८ पिपलको पुजा गर्न बागलुङको वलेवा पुग्ने गरेका थिए । कैलाशफाँट धार्मिक वन जिल्लाको दोस्रो हो । यसअघि बेनी नगरपालिका–३ भकिम्लीमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो ।

म्याग्दी जिल्लाभर ३१८ वटा सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती, वडा अध्यक्ष भुपेन्द्र खत्री लगायतको उपस्थितिमा वन हस्तान्तरण र पिपलका विरुवा रोपिएको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...