म्याग्दीमा पुस्तक भित्रिन थाल्यो

Gandaki Kotihome

बेनी । शैक्षिक सत्र शुरु भएको करिव दुई सातापछि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पुस्तक भित्र्याइएको छ ।

जनक शिक्षा सामग्री केन्द्रको पोखरा डिपोबाट म्याग्दीका पुस्तक व्यवसायीले जिल्लामा ल्याएको पुस्तक संयुक्त वितरण केन्द्र स्थापना गरेर विद्यालयहरुमा पठाउने तयारी गरेका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नवराज पौडेलले आंशिक रुपमा भित्रिएको पुस्तक विद्यालयलाई वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

“समग्रमा म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने ५० प्रतिशत पुस्तक भित्रिएको छ,” उहाँले भन्नुभयो “जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक संगठनका प्रतिनिधी तथा पुस्तक व्यवसायीहरुको संयुक्त बैठक बसेर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक वितरण शुरु गर्ने निर्णय गरेका छौ ।”

Upper Myagdi transmition line notice

यस वर्ष पाठ्यक्रम फेरिएको कक्षा ४, ७ र ९ को जिल्लामा आवश्यक पर्ने ७० प्रतिशत पुस्तक ल्याएका छन् । १,२,३ र ५ कक्षाका लागि करिब माग अनुसारको पुस्तक आएको छ । सबैभन्दा कम कक्षा ४ को मागको तुलनामा ४० प्रतिशत मात्र पुस्तक आएको छ ।

Annapurna aarohan ko notice

बेनीको वितरण केन्द्रमा थप पुस्तक ल्याएर मंगलबार देखि विद्यालयलाई दिन शुरु गर्ने महासंघले जनाएको छ । पुस्तक वितरणलाई ब्यवस्थित बनाउन महासंघले आइतबार बेनीमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकाल र शिक्षक संगठनका प्रतिनिधीहरुसँग छलफल गरेको थियो ।

२३२ वटा सामुदायिक विद्यालय भएको म्याग्दीमा एक वटा कक्षाका लागि एक हजार सात सय देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । यस वर्ष म्याग्दीमा रु. एक करोड २० लाख मूल्य बराबरको पुस्तक अवस्था पर्नेमा करिब रु. असी लाख मूल्य वराबरको पुस्तक ल्याइसकेको छ ।

जनक शिक्षा सामग्री लिमिटेडले कागज अभाव र मतपत्र छपाउदा पुस्तक छपाई गर्न ढिलाई गर्दा जेठ ३ गतेदेखि शैक्षिक सत्र शुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक पाएका छैनन् । यसअघिका वर्षमा शैक्षिक सत्र शुरु हुनुअघिनै विद्यार्थीको हात हातमा पुस्तक उपलब्ध गराइदै आएको थियो ।
नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकहरुलाई पढाउन समस्या भएको छ । पुस्तक नहुँदा शिक्षकलाई पठाउन, आफूहरुलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीहरुलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । गाता नभएका, केरेमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...