अन्नपूर्णका जनप्रतिनिधीको सपथग्रहणसँगै पदवाहली

khali

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहण र पदवाहली गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई बेनीमा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

khali

सपथग्रहण लगत्तै अध्यक्ष र उपाध्यक्ष पुनद्धयले पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा पदवाहली गर्नुभयो । पदवाहलीपछि उहाँहरुले कर्मचारीलाई विश्वासमा लिएर गाउँपालिकाको सेवालाई प्रभावकारी बनाउने, विकास योजना तथा कार्यक्रम कार्यान्वयनमा तिब्रता दिने र चुनावी प्रतिवद्धता अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने बताउनुभयो ।

Shreekrishna hardwear in news

अन्नपूर्णको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ । जेठ १४ गते कार्यपालिका सदस्यका उमेद्वारहरुको मनोनयन दर्ता र १७ गते मतदान हुने निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो । अन्नपूर्णमा एमालेका अध्यक्ष उपाध्यक्ष र पाँच जना वडा अध्यक्ष सहित ३० जना मतदाता छन् । अन्नपूर्णको कार्यपालिका सदस्यको निर्वाचनमा ४२ जना मतदाता छन् ।

Raghunga notice
प्रतिक्रिया दिनुहोस
Loading...