अक्षयकोषमा रु. दुई लाख पचास हजार संकलन

Gandaki Kotihome

बेनी, । नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषमा करिब रु. दुई लाख सहयोग जुटेको छ ।

पत्रकारहरुको आपतकालिन सहयोगको लागि स्थापना गरिएको रु. पाँच लाखको अक्षयकोषमा हालसम्म करिब रु. दुई लाख पचास हजार भन्दा बढी सहयोग प्राप्त भएको प्रेस युनियन म्याग्दीका सचिव राम्जालीले जानकारी दिनुभयो ।

“अग्रज र क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत, सम्मान, दुःख र अप्ठ्यारो अवस्थामा सघाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो,” उहाँले भन्नुभयो “संगठनका पदाधीकारी र शुभचिन्तकहरुबाट सहयोग संकलन भैरहेको छ ।”

Upper Myagdi transmition line notice

सो कोषमा नेपाली काँग्रेसका नेता विमला गौचनले सोमबार रु. एक लाख उपलब्ध गराउनु भएको छ । बेनीको होटल यतिका सञ्चालक समेत रहेकी गौचनले दिवंगत श्रीमान स्वर्गीय राम गौचनको सम्झनामा युनियनको अक्षषकोषलाई सहयोग गर्नुभएको हो ।

Annapurna aarohan ko notice

प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियन म्याग्दीका उपाध्यक्ष धनिलाल गर्बुजालाई गौचनले रु. एक लाखको चेकको डमी हस्तान्तरण गर्नुभएको थियो । यसैगरी मंगलबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रु. ५१ हजार १११ सहयोग गर्नुभएको छ ।

कोषमा हाल अस्टे«लीयामा रहनुभएका प्रेस युनियन म्याग्दीका पुर्व अध्यक्ष गोपाल छन्त्यालले रु. बीस हजार, उपाध्यक्ष गर्बुजाले रु. दश हजार, कोषाध्यक्ष सुरेन गुरुङले रु. पाँच हजार, अस्टे«लीयामा रहनुभएका योगेन कार्कीले रु. पाँच हजार, रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले रु. दश हजार १०५ र पात्लेखेतका गौरव शर्माले रु. दश हजार सहयोग गर्नुभएको छ ।

अक्षयकोषको व्याजबाट जटिल रोगबाट थलिएका पत्रकारको उपचार, दुर्घटना, विपद्को अवस्थामा सघाउनुका साथै अग्रज र क्रियाशिल पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिने सचिव राम्जालीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...