२८ वर्षीय माइलन हिस्तानको वडा अध्यक्षमा निर्वाचित

Gandaki Kotihome

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानको वडा अध्यक्षमा नेकपा एमालेका उमेद्वार माइलन पुर्जा पुन निर्वाचित हुनुभएको छ ।

२८ वर्षीय माइलनले ३९८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । माइलनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेदवार गमबहादुर फगामीले २२८ मत पाउनुभयो । फगामी यसअघिको वडा अध्यक्ष हुनुहुन्थ्यो । माइलन सम्भवत म्याग्दीका सबैभन्दा कम उमेरका वडा अध्यक्ष हुनुहुन्छ ।

Annapurna aarohan ko notice

सो वडाको सदस्यहरमा एमालेका गेमबहादुर पुन, वुद्धीबहादुर पुन, सम्झना पौडेल र काँग्रेसकी उर्मिला पुन पाइजा निर्वाचित हुनुभएको छ । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ राम्चेको मतगणना हुँदा बाँकी छ ।

Upper Myagdi transmition line notice

सात वटा वडाको मतगणना सकिदाँसम्म गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुनले तीन हजार ५१९, काँग्रेसका बलबहादुर तिलिजाले दुई हजार ९८६, उपाध्यक्षमा एमालेकी दिवाकुमारी तिलिजा पुनले तीन हजार ५६० र काँग्रेसकी ललिता तिलिजाले दुई हजार ९४४ मत पाउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...