अन्नपूर्णमा मतगणना सूचारु गराउन एमालेको माग

Gandaki Kotihome

बेनी । नेकपा एमालेले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थगित भएको मतगणनालाई सूचारु गराउन माग गरेको छ ।

एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष धनकुमार पुर्जाले सोमवार एक विज्ञप्ति जारी गर्दै मतगणना स्थिगित हुनुमा शंका जनाउदै तत्कालै मतगणना सूचारु गराउन निर्वाचन आयोग र स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।

मतगणना भैरहेको अवस्थामा हुलहुज्जत हुनु, मतगणना रोकिएपछि त्यहाँ पुगेका प्रजिअ लगायत सुरक्षा अधिकारीहरु निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी माथी हातपात हुदा पनि मुखदर्शक बनेको, उनिहरुले काँग्रेसको पार्टी कार्यालयमा गएर बेनी फर्किएको, गाउँपालिकाका कर्मचारीकै अगुवाइमा हुलदंगा हुनुमा गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष पुर्जाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Upper Myagdi transmition line notice

मतगणनालाई कानुन र बिधि सम्मत ढंगले तत्काल सञ्चालन गर्न, राजनीतिक दलहरुले राजनीतिक संस्कार देखाउन विज्ञप्ति मार्फत एमालेले अनुरोध गरेको छ । एमालेका गाउँपालिका इञ्चार्ज सुवास विश्वकर्माले पनि व्यक्तिगत रुपमा विज्ञप्ति प्रकाशन गरेर मतगणनाको विषयमा आफूमाथी लगाइएका आरोप र टिप्पणीको खण्डन तथा भत्र्सना गर्नुभएको छ ।

Annapurna aarohan ko notice

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ को मतगणनाको परिणाम सार्वजनिक भइसकेपछि नेपाली काँग्रेसका उमेद्वार र प्रतिनिधीहरुले पुनमतगणनाको माग गरेका थिए । निर्वाचन अधिकृतको कार्यालयले आइतवार साँझैनै पुनःमतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको जानकारी दिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो ।

वडा नम्बर ४ को मतगणना गर्न थालेपछि केसी र काँग्रेसका प्रतिनिधीले पुनःमतगणनाको माग गरेका हुन् । अन्नपूर्ण–३ मा खसेको मत भन्दा गणना भएको मत संख्या बढी भएको केसीको भनाई छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रवार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो ।

पुनःमतगणनाको माग गर्दै काँग्रेसका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नारावाजी गरेका थिए । एक दिन भन्दा बढी समय वितेपनि मतगणना सूचारु हुन सकेको छैन् । निर्वाचन अधिकृतको कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अन्नपूर्ण १ मा एमालेका दिलिपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित हुनुभएको थियो । अन्नपूर्णको २ वटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, काँग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र काँग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाउनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...