रघुगंगा–५ झिँमा काँग्रेसको प्यानल विजयी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपलिका वडा नम्वर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मनबहादुर शेरपुजा सहितको प्यानल विजयी भएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अध्यक्षमा निर्वाचित शेरपुजा ३६८ मत ल्याउदा प्रतिस्पर्धी नेकपा एमालेलेका वडा अध्यक्षका प्रत्यासी तेजु शेरपुजाले २५३ मत पाउनुभएको छ । वडासदस्यहरुमा कांग्रेसका डिलु थजाली, धनमाया गोतामे घताने, रामबहादुर थजाली र डम बहादुर रोका निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

वडानम्वर ५ कोे मतगणना सकिदाँ गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले २ हजार ७४२, एमालेका प्रेमबहादुर कार्कीले २ हजार २७३ र माओवादीका मिना विश्वकर्माले ८७७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी यामकुमारी गर्वुजाले २ हजार २२०, माओवादीका रिम कटुवालले १ हजार ७१९ र कांग्रेसकी प्रेमकुमारी पुनले २ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...