मालिकामा ६७ प्रतिशत मत खस्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६७.७६ प्रतिशत मत खसेको छ ।

९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता रहेकोमा आठ हजार ९४६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सहायक निर्वाचन अधिकृत हेमराज शर्माले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएपनि वर्षातका कारण मतपेटिका दरवाङ स्थित मतगणना स्थलसम्म ल्याउन समस्या भएको जानकारी दिनुभयो ।

Shreekrishna

बर्षातका कारण केही ठाउँको सडकमा साना पहिरो खसेको छ । मतपेटिका संकलन भएपछि शुक्रबार रातीदेखिनै मतगणनाको तयारी गरिएको निर्वाचन अधिकृत गोविन्दप्रसाद उपाध्यायले बताउनुभयो । सात वटा वडा रहेको मालिकामा निर्वाचित हुने ३७ पदका लागि १४७ जना चुनामी मैदानमा उत्रिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...